सर्लाहीमा घुर ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

Anjita Karki
anjita.karki@nepalijanta.com

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा घुर ताप्‍ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेकी छिन् ।

अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ । यसअघि यसैवर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस  उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै
६,माघ.२०७८,बिहीबार १६:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: