टाउको फुटेको अवस्थामा धनुषामा युवतीको शव भेटियो

जनकपुरधाम । टाउको फुटेको अवस्थामा धनुषामा एक युवतीको शव भेटिएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर-६ स्थित आँपको बगैचामा अन्दाजी २६ बर्षीया युवतीको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

‘मृत फेला परेकी युवतीको टाउकोको पछाडि भाग फुटेको देखिन्छ’ उनले भने, ‘मृतकको नाम र ठेगाना खुल्न सकेको छैन ।’

मृतक युवतीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

६,माघ.२०७८,बिहीबार १६:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्