एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि सिन्धुपाल्चोक एमालेको ९औं अधिवेशन स्थगित भएको हो ।

जिल्ला नेतृत्व चयनका लागि माघ २ गतेको कार्यक्रम स्थगित भएको निर्वाचन अधिकृत शशिनाथ आचार्यले बताए ।

जिल्ल प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरेको कारण पनि स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै विभिन्न पदका उम्मेदवार स्वयमं कोरोना संक्रमित भएका कारण पनि मिति संशोधन गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।

नयाँ कार्यतालिका प्रकाशन भएको छैन् ।

यो पनि पढ्नुहोस  'भोक नलागी भोकै छु भन्न खोज्नेहरुलाई खासै महत्व दिइन्न'
१,माघ.२०७८,शनिबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: