नोबेलका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताद्वारा दुर्व्यवहार, पाँच पक्राउ

काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका छन् ।

मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कनेक्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको हो । मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको प्रत्यक्षदर्शीले बताए ।

शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एसनिकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको बताएका छन् ।

यो पनि पढ्नुहोस  कर्णालीमा मुख्यमन्त्रीविरुद्ध मतदातन गर्न सांसदलाई ह्विप जारी गर्दै
३०,पुष.२०७८,शुक्रबार १८:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: