सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दोस्रो कोरोना रिपोर्ट पनि नेगेटिभ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड-१९ परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले जानकारी दिए ।

दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् ।

यसअघि आइतबार गरिएको उनको पहिलो पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ नै आएको थियो । कन्ट्याक ट्रेसिङमा परेका कारण उनले शनिबारदेखि नियमित भेटघाटलाई बन्द गरेका थिए।

यो पनि पढ्नुहोस  सचिवहरुको सपना चकनाचुर !
३०,पुष.२०७८,शुक्रबार १६:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: