विमान चार्टरमा भएको अनियमितता छानविन गर्न मन्त्री आलेद्धारा छानविन समिति गठन

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कोरोना महामारीका बेला विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा विमान चार्टर्डमा भएको भनिएको अनियमितता छानविन गर्न समिति गठन गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट विहीवार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा नागरिक उड्डयन प्राधिकरण क्यानका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर र उपसचिव टेकनारायण पौडेल छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन त्यसबेला नेपाल एयरलाइन्सले ६५ र हिमालय एयरलाइन्स्ले २५० वटा चार्टर्ड फ्लाइट गरेका थिए ।

त्यसक्रममा नेपाली श्रमिकसँग महँगो भाडा असुल भएको गुनासो आएपछि तत्कालीन मन्त्री योगेश भट्टराईले पनि छानविन समिति गठन गरेका थिए । तर सो समितिको प्रतिवेदन सार्वजनिक भएको छैन ।

२९,पुष.२०७८,बिहीबार १८:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्