टिचिङ अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक दिनेश काफ्लेले दिएको जानकारी अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् ।उनले भने, अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई लक्षण देखिएको छैन् । केहीलाई मात्रै लक्षणहरु छन् ।’

स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भएपनि स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउन सक्ने उनले बताए । चिकित्सकहरु संक्रमित हुँदा ननकोभिड विरामीहरुले पाउने सेवा समेत प्रभावित हुने उनको भनाई छ ।

त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् । डा. काफ्लेले गत साता भन्दा विरामीको चाप पनि अस्पतालमा बढेको बताए ।

२९,पुष.२०७८,बिहीबार १६:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्