रामेछाप र सिन्धुलीमा चेलिबेटी बेचबिखन बढ्यो: अनुराधा कोइराला

काठमाडौं । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी छन् ।

बिहीबार कलकार हरिवंश आर्चायको ‘कर्कलो कोक्याउला’ गीत रिलिजमा बोल्दै अध्यक्ष कोइरालाले दुई वर्षयता साउदी, कतार, सिरिया, भारतमा भन्दा पनि नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी हुन् ।

पछिल्लो दुई वर्ष यता सबैभन्दा बढी सिन्धुली र रामेछापबाट चेलिबेटीको बेचविखनमा परेको उनले बताइन् । त्यसमा पनि सबैभन्दा बढी १५ वर्ष उमेरको किशोरी बेचविखनमा परेका छन् ।

उनले भनिन्,‘चेलिबेटी बेचिनेमा अहिले ठाउँ सँगै उमेर पनि परिवर्तन भएको छ । पहिला कुनबाट चेलिबेटी बेचिन्छ भन्दा सिन्धुपाल्चोक नुवाकोट भनिन्थो । अहिले रामेछाप र सिन्धुलीमा बढी चेलिबेटी बेचविखन हुन थालेको छ । र सानो बच्चाहरु बढी छन् ।’

उनले यो समस्या देशबाहिर होइन नेपालभित्रै बढेको भन्दै चिन्ता व्यक्त गरिन् । उनको अनुसार भारतमा जस्तै यहाँ पनि त्यस्तै किसिमले बेचविखन भइरहेको छ ।

२९,पुष.२०७८,बिहीबार १६:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्