कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका हुन् । उनले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए ।

‘पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ,’ मन्त्री कार्कीले बिहीबार भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ ।

उनले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

२९,पुष.२०७८,बिहीबार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्