नेकपा एमाले कालिकोटको नेतृत्वका लागि मतदान सुरू

सुर्खेत । नेकपा एमाले कालिकोटको नेतृत्वका लागि मतदान सुरू भएको छ ।

कालिकोटमा सुरूमा पाँचजना आकांक्षी देखिएकामा अहिले दुईजना चुनावी मैदानमा छन् । उपाध्यक्ष पदका लागि पाँचजना, सचिवका लागि दुईजना र उपसचिवका लागि ६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तुलाराम विष्टले जानकारी दिए ।

अध्यक्षको दौडमा जसीप्रसाद पाण्डे र रमेशकुमार शाही छन् । उपाध्यक्षमा अलिबहादुर शाही, दयाराम सिम्खाडा, बेलकोशा शाही, लक्ष्मी चौलागाई र शक्कबहादुर बमबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सचिवका लागि पार्वती सिंह र टेकबहादुर बुढा र उपसचिव पदका लागि यशोदा बराल, जनकबहादुर शाही, पवित्रकुमार शाही, पूर्णप्रसाद उपाध्याय, व्यासी तिरुवा ‘विकास’ र मनराज शाही भिडेका छन् ।

यो पनि पढ्नुहोस  आजको राशिफल
२९,पुष.२०७८,बिहीबार १२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: