धादिङमा पहिरो, डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नु भएको छ,’ एसपी सिंहले अनलाइनखबरसँग भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस  राज्य संयन्त्रमा पनि नेकपा शक्तिशाली
२९,पुष.२०७८,बिहीबार १०:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: