प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री निर्वाचित

रूपन्देही । प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री निर्वाचित भएका छन् । नवौँ अधिवेशले खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा नारायण मरासिनी, गंगा खड्का, सचिवमा रामकृष्ण कंडेल, सहसचिवमा अजय खड्का, अर्जुन भण्डारी, कोषाध्यक्ष सूर्य सुनार निर्वाचित भएका हुन् ।

जिल्ला सदस्यमा अम्बिका आचार्य, अमृता गाहामगर, दुर्गा बिश्वकर्मा, चिरञ्जीवी ज्ञवाली, सज्जन ढकाल, अमर पन्थ, इश्वरी बस्याल, कृष्ण भट्टराई, रामकृष्ण कंडेल, कालिदास आत्रेय, बिक्रम खत्री र तारा कंडेल चयन भएका छन् ।

अधिबेशनको अबसरमा नेकपा एमाले गुल्मीका नवनिर्वाचित अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य नवराज भुसाल, प्रदेश अध्यक्ष शोभाखर पन्थी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याललगायतले शुभकामना दिएका थिए ।

२९,पुष.२०७८,बिहीबार ०९:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्