फर्जी मतको विवादपछि एमाले दैलेखको मतगणना स्थगित

सुर्खेत । नेकपा एमाले दैलेखको सातौ अधिबेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको छ ।

७२१ प्रतिनिधिमध्ये ७१७ मत खसेको भए पनि मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित भएको एमाले जिल्ला सचिबका उम्मेदवार रुद्र शाहीले जानकारी दिए ।

एमाले दैलेखको अध्यक्ष पदका लागि रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही मैदानमा छन । पदाधिकारीको पदगणनाका क्रममा फर्जी मत भेटिएपछि सम्पूर्ण मतगणना स्थगित गरिएको हो ।

आवश्यक छलफलपछि पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ ।

२८,पुष.२०७८,बुधबार ०८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्