मलेसियामा बाढीबाट ४६ जनाको मृत्यु

मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको वहाब बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् ।

बाढीबाट देशकै धेरै जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ । उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो ।

बाढीका कारण पाँच जना हराइरहेको र ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । दक्षिण–पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको छ ।

११,पुष.२०७८,आईतवार ०८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्