नेपालले प्यालेस्टाइनको पक्षमा भोट गरेपछि देउवासँग इजरायलको आपत्ति

काठमाडौं । नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेपछि इजरायल नेपालप्रति रुष्ट बनेको छ । काठमाडौंस्थित इजरायली राजदूत हनान गोडेरले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेर आपत्ति प्रकट गरेका हुन् ।

बुधबार न्यूयोर्कमा भएको भोटिङमा नेपालले इजरायलको विरुद्धमा मतदान गरेको थियो । बहुपक्षीय मंचमा नेपाल किन इजरायलविरुद्ध उभिएको भन्दै नेपालप्रति रोष व्यक्त गरेका हुन् ।

नेपाल र इजरायलबीच द्धिपक्षीय प्रगाढ सम्बन्ध रहेको बताउँदै राजदूत गोडेरले बहुपक्षीय मामिलामा नेपाल तटस्थ नरहेर इजरायलको विरुद्धमा अघि बढेको बताउँद यसले परराष्ट्र नीति र सोचमै असर पर्ने चेतावनी समेत दिए ।

‘नेपालले इजरायललाई पहिले लगाएको गुन हामीले बिर्सेका छैनौं तर किन बारम्बार घाउमा नून छर्किने काम मात्र भैरहेको छ’ देउवालाई राजदूतले गरेको गुनासोबारे स्रोतले भन्यो ।

भारत मतदानमा तटस्थ रहेको बताउँदै राजदूत गोडेर नेपाल किन तटस्थ बस्न नसकेको हो भनेर प्रश्न गरेका थिए । नेपालसँगको मित्रतालाई बलियो तुल्याउन आफूले मिहेनत गरेपनि नेपालले राष्ट्रसंघमा आफूलाई फरक ढंगले प्रस्तुत गरेर आफ्नो ऊर्जा र इजरायलीको मस्तिष्कमा आघात पु¥याउने काम गरेको गोडेरको गुनासो थियो ।

१८,मंसिर.२०७८,शनिबार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्