सर्वोच्चमा दोस्रो दिन पनि गोला प्रणालीबाट तोकियो पेशी

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेका छन् ।

यस्तै न्यायाधीश मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीशत्रय हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलास गठन भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा न्‍यायाधीश टंकबहादुर मोक्तानको संयुक्त इजलास परेको छ ।

त्यसैगरी सुष्मालता माथेमा, कुमार रेग्मी र र डा. मनोजकुमार शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बम कुमार श्रेष्ठको अर्को इजलास गठन भएको छ । प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको अर्को इजलास गठन भएको छ ।

अर्को इजलास सपना प्रधान मल्ल र तेज बहादुर केसीको छ । त्यस्तै अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र डा. कुमार चुडाँलको रहेको छ ।

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनैपनि इजलास सञ्चालन हुन सकेको थिएन । बिहीबार कानुन व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची तोकिएको थिएन।

गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको थियो ।

१६,मंसिर.२०७८,बिहीबार १४:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्