देउवालाई ओलीले भने, ‘हिजो मलाई काम गर्न नदिनेहरू आज तपाईंका खुट्टा तानिरहेका छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको हुन सक्ने आशंका गरेका छन् । आफ्नो खुट्टा तान्नेहरूले नै अहिले देउवाको खुट्टा समातिरहेको उनले टिप्पणी गरे ।

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । तर, प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामाति राख्या छन् ।’

ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए ।

‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’

१०,मंसिर.२०७८,शुक्रबार १५:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्