नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकोलमार्फत बिक्री गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत २ बजे खुल्ला हुने भएको छ । बोलकबोलमा सहभागी हुने बैंक वित्तीय संस्थामध्ये सर्वाधिक कबोल गर्नेलाई ट्रेजरी बिल बिक्री गरिनेछ ।

सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण संकलन गर्न राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीको विधि उपयोग गर्छ ।

६,मंसिर.२०७८,सोमबार १३:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्