नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा हुने चार देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा हुने चार देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारीअनुसार नेपालले भारतमा डिसेम्बर ९ देखि २१ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो । नेपाली महिला टोलीले गत महिना एएफसी एसियन कप छनोट खेलको थियो ।

भारतमा हुने प्रतियोगितामा आयोजक भारतसँगै नेपाल र थाइल्यान्डले खेल्ने भनिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।

‘भारतमा हुने र चार टोलीले खेल्ने भनेको छ, तीमध्ये भारत, नेपाल र थाइल्यान्ड निश्चित भयो भने जस्तो लाग्छ,’ उनले भने, ‘भारतको कुन ठाउँमा भन्ने पनि जानकारी छैन ।’

३,मंसिर.२०७८,शुक्रबार १२:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्