मुख्यमन्त्री फेर्नेबाहेक यो सरकारले केहि गर्न सकेन- प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री परिवर्तन बाहेकका अन्य काम गर्न नसकेको आरोप लगाएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्ररमादेशबाट बनेको सरकारले ६–६ महिनामा मुख्यमन्त्री परिवर्तन बाहेक जनहितका काम गर्न नसकेको आरोप लगाए ।

सरकारको काम टिप्पणी गर्न लायक नै नभएको जिकिर गरे ।

उनले एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । अध्यक्षलगायतका अधिकांश पदहरुमा सर्वसम्मत हुने उनको दावी छ ।
महाधिवेशनको मिति नजिकिएसँगै आज महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, शेरबहादुर तामाङ लगायतका नेताहरु चितवन आउँदैछन् ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १०-१२ मा चितवनमा हुँदैछ ।

२५,कार्तिक.२०७८,बिहीबार १०:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्