वैदेशिक रोजगार विभागले ९६ जना नेपाली श्रमिकलाई दोस्रो चरणमा दक्षिण कारिया लैजाने

काठमाडौं । वैदेशिक रोजगार विभागले ९६ जना नेपाली श्रमिकलाई दोस्रो चरणमा दक्षिण कारिया लैजाने भएको छ । २० महिनादेखि नेपाली श्रमिक कोरोना भाइरस महामारीले कारण कोरिया जान पाएका थिएनन् ।

कात्तिकबाट पहिलो चरणमा ४८ जना नेपाली दक्षिण कोरिया गइसकेका छन् भने बाँकी ९६ जनालाई पठाउने तयारी शुरु भएको विभागका महानिर्देशक दीपक काफ्ले जानकारी दिए । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा परीक्षा पास गरेर बसेका १२ हजार नेपाली कोरिया जाने पर्खाइमा छन् ।

इपीएस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेकर कन्ट्रायाक्ट’ आइसकेका पाँच हजार र कोरियाबाट फर्किएका तीन हजार श्रमिक कोरोना महामारीका कारण रोकिएका थिए ।

भाषा परीक्षा पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको महानिर्देशक काफ्लले जानकारी दिए । परीक्षा सञ्चालन मितिबारे निष्कर्षमा पुगिनसकेको उनले बताए । उनले भने, ‘यसबारे हामीले सकारात्मक छलफल अगाडि बढाएका छौं । केहि कुराहरु निरुपण गर्नुपर्ने भएकोले मिति तय गर्न केही समय लाग्छ ।’

२०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म सञ्चालन भएको छैन । विभागका अनुसार कोरियाले सो वर्ष पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी कोटा पठाइसकेको थियो । तर, लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । सन् २०२० का लागि मात्रै नेपालबाट ९२ हजार श्रमिकले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।

सरकारले २०७६ को अन्तिम साताबाटै भाषा परीक्षा पास गरेर भिसा आएका श्रमिकलाई दक्षिण कोरिया पठाउन रोकेको थियो ।

२३,कार्तिक.२०७८,मंगलवार १३:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्