काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी...

पुरा पढ्नुहाेस्

भक्तपुरको चाँगुनारायण नगरपालिकाले ३० दिनभित्र नगरभित्रको सबै बंगुर फार्म हटाउन बंगुर व्यवसायीहरुलाई गरे आग्रह

5.41K
shares
khanepani bord

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले ३० दिनभित्र नगरभित्रको सबै बंगुर फार्म हटाउन बंगुर व्यवसायीहरुलाई आग्रह गरेको छ । नगर भित्र बंगुर पालन गर्दा दर्ता भए नभएका प्रदुषण भएको भन्दै बंगुर फार्म हटाउन आग्रह गरेको हो ।

नगरपालिकाको नगरसभाबाट उक्त नगरपालिका क्षेत्रभित्र बंगुर पालनका लागि फार्म सञ्चालन गर्न अनुमति नदिने भन्ने निर्णय भएबमोजिम क्रमशः बंगुर पालनलाई हटाउने निर्णय भएको नगरपालिकाले बताएको छ ।

विभिन्न वडामा रहेका फार्म (दर्ता भएका र नभएका) मा बंगुर पालन गर्दा प्रदूषणका कारण नगरबासीको स्वास्थ्यमा प्रतिकूल असर एवं समस्या परेको भन्दै नगरबासीहरुले फार्म बन्द गर्न तथा बंगुर हटाउन माग गर्दै नगरपालिकामा उजूरी समेत गरेका थिए ।

शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ,‘नगरपालिकाभित्र जुनसुकै अवस्थामा सञ्चालित बंगुर फार्मरबंगुर व्यवसाय यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र हटाई सो को जानकारी यस कार्यालयमा गराउन आग्रह गरिन्छ ।’

तोकिएको समयभित्र फार्म नहटाए नगरपालिका कार्यालयले कानून बमोजिम आवश्यक कारबाही गर्ने नगरपालिकाको पशु सेवा शाखाले बताएको छ ।

फार्म धनीले ३० भित्र हटाउन अटेर गरे नगरपालिकाले नै हटाउने र त्यसबाट भएको क्षति सम्बन्धित व्यवसायीले नै व्यहोर्नुपर्ने भनिएको छ ।

khanepani