मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच दोस्रो पटक सम्झौता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच दोस्रो पटक शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्।

भारतको पञ्जाबमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा आरएस बावाले सो समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारीपत्र लागू हुनेछ । पहिलो पटक २०१६ मा भएको र उक्त सम्झौताको समयावधि सकिएपछि पुनः सम्झौता भएको मध्यपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमले जानकारी दिए ।

सम्झौतापत्र अनुसार दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिनेछन् ।

अघिल्लो सम्झौतामा विद्यार्थी तथा प्राध्यापकहरुको भ्रमण, एक अर्को कलेजको शैक्षिक कायक्रमहरु बुझ्ने कार्यहरु भएपनि आदान प्रदान चैं नभएको तर यो सम्झौतापछि हुने विश्वास रहेको प्रशासन अधिकृत दिनेश गौतम बताउँछन् । उनी भन्छन् ‘अघिल्लो सम्झौतामा सबै प्रभावकारी भएन । अब यो सम्झौतापछि चाँहि एमओयूमा भए अनुसार कार्यहरु गर्न सकिन्छ भन्ने विश्वास छ ।

हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो ।

२८,आश्विन.२०७८,बिहीबार १४:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्