नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

२७,आश्विन.२०७८,बुधबार १८:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्