कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

पोखरा । कास्कीको घान्द्रुकतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्, एक जना सामान्य घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार घाइतेलाई उपचारका लागि पोखरातर्फ ल्याइएको छ ।

२५,आश्विन.२०७८,सोमबार १५:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्