नेपालमा थप ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् भने थप १० जनाको मृत्यु भएको छ ।

२४,आश्विन.२०७८,आईतवार १७:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्