कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका–४ की ३४ वर्षीया आशा बिष्टलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानरपालिका–१३ राजपुरमा कोठा लिएर बस्ने बिष्टलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

उनकाअनुसार बिष्टको कोठाबाट लुकाइछिपाइ राखेको अवस्थामा ९ ग्राम २७० मिलीग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलीग्राम चरेस बरामद गरिएको छ भने १२ हजार दुई सय रुपैयाँ नगद फेला परेको छ । उनीमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

२१,आश्विन.२०७८,बिहीबार १७:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्