चेकजाँच गर्ने क्रममा गाँजासहित एक २१ वर्षीय युवक पक्राउ

पोखरा । पोखराबाट १ किलो गाँजासहित एक २१ वर्षीय युवक पक्राउ परेका छन् । पोखरा–३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माथागढी गाउँपालिकाका अजय घर्ती मगर पक्राउ परेका हुन् ।

काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको बसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अजयलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१७,आश्विन.२०७८,आईतवार १८:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्