महेन्द्रनगर बजारबाट छ क्वीन्टल ६१ किलो पुराना घण्टीसहित दुई जना पक्राउ

महेन्द्रनगर । महेन्द्रनगर बजारबाट शनिबार प्रहरीले छ क्वीन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा ठूलो परिमाणमा घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका व्यापारी पदम ठकुराठीको हो ।

प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका थिए । गोदामबाट घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउनन प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।

प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।

९,आश्विन.२०७८,शनिबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्