न्यूयोर्कको आँधीमा परेर तीन नेपालीले ज्यान गुमाए

अमेरिका । न्यूयोर्कमा आएको आइडा नामक आँधीमा परेर तीन नेपालीको निधन भएको खबर छ ।

सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका, हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा उनका श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको निधन भएको युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले जनाएको छ ।

आइडाका कारण अमेरिकामा हाल सम्म ६ वटा राज्यमा ४५ जनाको मृत्यु भै सकेको छ । सबैभन्दा बढी प्रभावित न्यूजर्सीमा मात्र २३ जनाको निधन भएको छ ।

१८,भाद्र.२०७८,शुक्रबार ०९:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्