यस्तो छ, ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’(तस्बिरहरू)

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ।

शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्।

उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो।

काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ।

प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।

यो पनि पढ्नुहोस  राप्रपासँग गठबन्धनको कुनै कुरा भएको छैन : विष्णु रिजाल
२५,पुष.२०७७,शनिबार १७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: