Saturday 26th of May 2018

नेपाली नेता र व्यापारीले मगाउन थाले विदेशबाट युवती !

काठमाडौँ । नेपाली समाज सेक्सका मामिलामा पछिल्लोपटक उदार बन्न थालेको छ । नेपालमा अहिलेसम्म ‘रेड लाइट’ एरिया छैन् । लुकीछिपी यौन व्यवसाय भने फस्टाइरहेको छ । नेपालको कानुनले यौन व्यवसायलाई अवैध मानेको छ । प्रहरीले रातबिरात छापा मारेर होटल, लजबाट यौनकर्मीलाई पक्राउ गर्ने गरेका खबरहरु बेलाबेला आउने गरेका छन् ।

तर, पछिल्लो समय विभिन्न देशका महिला यौनकर्मीलाई नेपालमा झिकाउने गरेको पाइएको छ । विकसित देशका महँगा यौनकर्मी मगाएर यौन प्यास मेटाउने उच्च तहका नेपाली नागरिक बढ्दै गएको स्रोतको दाबी छ ।

महँगो शूल्क तिरेर नेपालका पाँच तारे होटलमा विदेशी महिलासँग रात विताउनेमा धनाढ्य व्यापारीदेखि नेतासम्म रहेको उच्च स्रोतको दाबी छ ।

त्यस्ता विदेशी यौनकर्मी महिलासँग रात विताउने गरेका एक उच्च तहका व्यक्तिले नै पछिल्लो समय नेपालमा विदेशी महिला झिकाउने चलन बढ्दै गएको बताए ।

नाम नबताउने शर्तमा ती व्यक्तिले भने,“लाखौँ रुपैयाँ तिरेर विदेशी महिलासँग रात विताउन चाहने नेपाली पुरुषको संख्या धेरै छ ।”

सरकारी निकायको उच्च पदाधिकारीदेखि उद्योगी तथा नेताहरु यस्ता क्रियाकलापमा संलग्न हुने गरेको उनले बताए ।

नेपालमा यसरी महिला यौनकर्मी उपलब्ध गराउने अन्तराष्ट्रियस्तरको ठूलो गिरोहले सहयोगी भूमिका खेल्ने गरेको ती व्यक्तिले बताए ।

अहिले नेपाली यौनकर्मी मात्रै नभएर विदेशी यौनकर्मी समेत नेपाल आउने गरेका छन् । यौन व्यवसाय फैलिनुलाई विकृति मान्ने कि नागरिकको चाहना ?

प्रतिक्रिया दिनुहोस्


Shares