Smiley face

माघे संक्रान्तिलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक चार दिन खुला

काठमाडौं । माघे संक्रान्तिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक चार दिन खुला रहने भएको छ ।

सडक निर्माणको काम भएकाले पुस १८ गतेदेखि राति १० बाट  बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । उक्त सडक शनिबारदेखि माघ २ गतेसम्म राति खुल्ला रहने छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार माघे संक्रान्तिमा उक्त सडक खण्ड हुदैं तिर्थालु देवघाट आउने जाने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको बताइएको छ ।

दिउँसो सडक पिच गर्ने कार्य भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ । उक्त सडकको निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्