Smiley face

चीनसँग युद्ध लड्न भारतलाइ नेपालको सहयोग अतिआवश्यक

काठमाडौं । भारतले चीनसँग युद्ध गर्नको लागि नेपालसँग राम्रो सम्बन्ध बढाउनुपर्ने भारतको स्थल सेनाध्यक्ष विपिन रावलते जनाएका छन् । शुक्रबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष रावलले चीन र भारतबीच युद्ध गरेर मात्रै हारजीत नहुने बताएका छन् ।

चीनसँग जित्नको लागि भारतले सबैभन्दा पहिले त आफ्ना छिमेकीहरुसँगको सम्बन्धलाई सुधार गर्नुपर्ने जनाएका छन् ।
उनले नेपाल बंगलादेश लगायत छिमेकीहरुको नाम नै लिएर चीनसँग लडाईं नै गर्ने हो भने पनि यस्ता मुलुकहरुलाई भने भारतले हातमा लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्