Smiley face

सिटामोल पनि छैन स्वास्थ्य संस्थामा, डाक्टरकाे सेटीङमा अभाव गराएर निजि क्लिनिक संचालन !

सिरहा । रुघाखोकी, ज्वरो र जिउ चिलाउने सस्याको उपचार गराउन गोलबजार–३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गालबजार पुगिन् । स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए । औषधिको पूजौ लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन । जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनि सम्झाएर पठाइयो ।

औषधि काउन्टरमा बसेका अहेव श्याम तमाङले औषधि सकिएको छ, बाहिर किन्नुपर्छ भनेर सम्झाउँदै गर्दा साहले जवाफ फर्काइन्, ‘फुइसोफाइसके दबाइ नै मिलैबाला केहन अस्पताल है यी (समान्य खालका रोगको औषधि पनि नपाइने कस्तो अस्पताल हो यो) ।’ स्वास्थ्य चैकीमा औषधि नपाएपछि उनी आक्रोसित भइन ।

प्रतिक्रिया दिनुहोस्