Smiley face

‘मोटी’ पत्रकारले जागिर खान नपाउने ! सन्ध्या केसीलाई जागिरबाट बर्खास्त गर्न मुख्य माग राख्नेमा बिहानका सिफ्ट इन्चार्ज कृष्ण मल्ल !

काठमाडौं  । कर्मचारीसंग बाह्रै महिना विवाद गरिरहने मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनमा फेरि अर्काे लफडा शुरु भएको पत्रकारहरुले बताएका छन् । ‘समाचार वाचिका सन्ध्या केसी (विमला) तपाईलाई सेवाबाट किन नहटाउने’ भन्दै व्यवस्थापनले सार्वजनिक सूचना कार्यालयमा टाँस गरेपछि सन्ध्या केसी(विमला केसी) अहिले न्यायका लागि शरण खोज्दैछिन् ।

समाचार शाखा प्रमुख संकेत कोइरालाबाट घरायसी कामका लागि १७ दिन विदा स्वीकृत गराएकी सन्ध्या केसी विदामै रहेका बेला मानव संशाधन प्रमुख अंशु सिंह मैयाले सात दिने स्पष्टीकरणको सूचना पाटीमा २०७४ पुस १८ गते टा“स गरेकी हुन् ।

स्रोतका अनुसार, सन्ध्या केसीमाथि टेलिभिजन ब्यवस्थापनको यो कारवाही पहिलो होइन । उनलाई यसअघि पनि धेरैपटक जागिरबाट निकाल्न खोजिएको थियो । सात बर्षदेखि हिमालय टेलिभिजनमा कार्यरत उनी नेपाली सेनाका मेजरकी श्रीमती र पूर्र्व कर्नेलकी छोरी भएको थाहा भएको छ । स्पष्ट, खुला र हँसमुख स्वभावकी सन्ध्या केसीको समाचार कक्षमा हाकिमहरुसंग विवाद परिरहने भएकाले ती हाकिमहरुले नै पटक पटक व्यवस्थापनलाई निकाल्न दबाब दिने गरिरहेको स्रोतबाट थाहा भएको छ ।

समाचार वाचनको जिम्मेवारीमा रह“दा कहिले सन्ध्या केसी ‘मोटी भई न्यूज पढेको सुहाएन’ भन्दै रिपोर्टिङमा सरुवा गर्ने, कहिले रिपोर्टिङ पनि राम्रो गरिनन् र सिफ्ट इन्चार्जलाई पनि टेरिनन् भन्दै विवाद गरिरहने समस्या झेल्दै आएकी सन्ध्या केसीलाई अहिले विदामा बसेको बेला जागिरबाट निकाल्न हिमालय टिभी न्यूजरुम र व्यवस्थापन लागेपछि विवाद बढेर सार्वजनिक भएको छ ।

हिमालय टिभी व्यवस्थापनले कार्यालयको सूचना पार्टीमा ‘श्रमजीवी पत्रकार ऐन अनुसार कारवाही किन नगर्ने ?’ भनेर सूचना टाँस गरेपछि ‘सन्ध्या’ केसीले भने श्रमजीवी पत्रकार ऐन अनुसार नियुक्ति, सेवा सुविधाको माग गरेकाले आफूलाई निकाल्न खोजेको प्रतिक्रिया दिएकी छिन् ।

टिभीको प्रशासन शाखाले ७ दिनसम्म अफिस नआउनु भनेर धम्की दिएपछि सन्ध्या केसीले किन नआउनु पर्ने हो लिखित दिनुस् भन्दा प्रशासनले लिखित नदिएपछि सन्ध्या केसी अफिस आइरहेको थाहा भएको छ । तर, समाचार शाखाले उनलाई कुनै जिम्मेवारी नदिएको बताइन्छ ।

सन्ध्या केसी(विमला)लाई जागिरबाट बर्खास्त गर्नुपर्ने मुख्य माग राख्नेमा बिहानका सिफ्ट इन्चार्ज कृष्ण मल्ल रहेको थाहा भएको छ । चाकडी, चाप्लुसी धेरै खोज्ने मल्ल आफै पनि विवादित मानिन्छन् । कार्यालयको सूचना चुहाएको आरोपमा प्रशासनको कारवाही र स्पष्टीकरण खेपेका मल्ल जिल्ला संवाददाताको समाचार प्रसारण गरेवापत पनि उल्टै पैसा, उपहार माग्ने कुरामा पटक पटक विवादमा पर्दै आएको पत्रकारहरु चर्चा गर्दछन् ।

केही समय अघि संवाददाता केशव भूललाई रु.१९ हजार ५ सय को फर्जी कागजमा सही गर्न लगाई रु.१३ हजार ५ सय तलब पाउने व्यवस्था गर्न लागेको मुद्दामा विवादमा परेका मल्लको कर्तुतका बारेमा प्रेस काउन्सिलको बुलेटिनमा केशव भूलले हिमालय टिभी छाड्नुको कारण खोल्दै लेख लेखेका थिए ।

यता टेलिभिजन संचालक च्याङ अग्रवाल पनि कर्मचारीमाथि दबाब सिर्जना गरिराख्ने कर्मचारीसंग अनावश्यक निहुँ  खोजिराख्ने र पत्रकार कर्मचारीलाई सताउन तर्साउन मजा लिइरहेको चरित्रको भएकाले काम गर्न गाह्रो भएको गुनासो सुनिन्छ । उनको यस्तो प्रंवृत्तिले केही समय अघि प्राइम न्यूजकी समाचार वाचिका श्री पाण्डे कान्तिपुरतिर हिंडिन भने हिमालय टिभीका डेढ दर्जन भाइ–बैनीले एपी–वान टेलिभिजन धानिरहेका छन् । जहिले पनि अशान्ति मच्चिने गरेको हिमालय टिभीको न्यूजरुममा अहिले २ जना मात्र संवाददाता रहेको बताइन्छ ।

बाह्रै महिना संवाददाताका लागि भ्याकेन्सी खोलिरहने हिमालय टिभीका पत्रकार त के इन्टर्नमा धाउन पनि आकर्षण नरहेको पत्रकारहरु चर्चा गर्दछन् । व्यवस्थापन पक्षले धेरै नै टेन्सन दिन थालेपछि सन्ध्या केसी अहिले श्रम अदालतबाट मुद्दाको छिनोफानो गर्ने सोचमा रहेको उनी निकट स्रोतले बताएको छ ।  ( साँघु साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्