Wednesday 25th of April 2018

अख्तियारले मालपोत कार्यालयको फाइल अनुसन्धान थालेपछि निलम्बनमा परेका मालपोतका नायव सुब्बा १० दिनपछि त्रिशुली नदीमा मृत भेटिए !

धादिङ । मालपोत कार्यालय धादिङका नायब सुब्बा राधाकृष्ण नेपाल बेनिघाट रोराङ गाउँपालिकाको खटौती खोलास्थित त्रिशुली नदीमा मृत फेला परेका छन् । उनी १० दिनदेखि बेपत्ता थिए ।

अख्तियारले मालपोत कार्यालयको फाइल अनुसन्धान थालेपछि नेपाल कात्तिक ३० गते निलम्वनमा परेका थिए । सुनसरी–१३ घर भएका नेपाल लामो समयदेखि मालपोत कार्यालय धादिङमा कार्यरत थिए । डिप्रेसनका बिरामी नेपालले औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

त्रिशुली नदीमा मानिसको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव नदीबाट निकालेपछि शव पहिचान गर्दा हराइरहेका राधाकृष्णको नै हो भनेर पुष्टि भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । नेपालको खोजीका लागि आइतबारमात्रै पत्नीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्


Shares