Smiley face

राजा रणबहादुर शाहको अर्कों रुप (पुस्तक अंश) !

–विराज

विक्रम सम्वत् १८६० तिर काशीमा एक जना स्वामी बस्थे । स्वामी निर्गुणानन्द । उनी साधुहरुको तेस्रो श्रेणीमा त बिलकुलै आउँदैनथे । विरक्त थिए वा थिएनन्, यो उनी नै जानून् । किनकि वैराग्य मनको कुरा हो । तर स्वेच्छाले उनले केही पनि त्याग गरेका थिएनन् । अरु त अरु, उनको विशाल ‘निर्गुण आश्रम’ मा एक परमसुन्दरी महिला पनि बस्थिन् । ती महिलाको आयु उनीभन्दा दुईचार वर्षभन्दा मात्रै कम होला । सन्यासीको आश्रममा यति सुन्दर महिला बस्नुको उचित कारण उनी के बताउँथे, यो पनि हामीलाई ठीकसँग थाहा छैन । तर निर्गुणानन्द निकै चलाख थिए । त्यसैले अवश्य नै केही न केही राम्रो बहाना बनाउँथे होलान् । कुनै अपरिचित व्यक्तिले देख्दा भने सायद उनीहरु पति–पत्नी होलान् भने सम्झन्थे होलान् ।

निर्गुणानन्द बिलकुलै निर्गुण थिए वा थिएनन् भन्ने कुरा शङ्कास्पद हुन सक्छ । गुणग्राही भने पक्कै थिए । उनी आनन्दरसिक पनि कम थिएनन् । त्यसैले त उनी ती महिलालाई सुन्दरी भनेर बोलाउँथे । गेरmधारी साधुका मुखबाट यस्तो सम्बोधन कतिलाई नमिलेको लाग्थ्यो होला, तैपनि सुन्दरीलाई देखेपछि गरिने यो सबैभन्दा उपयुक्त सम्बोधन लाग्थ्यो । सुन्दरीभन्दा बाहेक मानौँ ती महिला केही पनि थिइनन् । उनको अङ्ग–अङ्गबाट रुप प्रस्फुटित भइरहेको देखिन्थ्यो ।

सुन्दरी गेरmवस्त्र धारण गर्दिनथिन् । जसरी निर्गुणानन्दले उनलाई बोलाउँथे, त्यसबाट उनी आश्रमकी कुनै नोकर्नी थिइन् भन्ने भ्रम नपरोस् । जुन सानका साथ बस्थिन् त्यसबाट त उनी आश्रमको मालिक्नीजस्ती लाग्थिन् । उनी मानिसहरुसामु कमै देखापर्थिन् । केही समयसम्म आश्रमको गतिविधि हेरेपछि भने त्यहाँका प्रत्येक साना–ठूला कामहरु उनैद्वारा सञ्चालित भइरहेको स्पष्ट हुन्थ्यो । प्रत्येक काममा उनको नजर हुन्थ्यो । यस्ती चेली भइन् भने साधु र आश्रमको महिमा सय गुणा बढ्छ । सायद यही कारण काशीका अनेक गन्यमान्य पुरmष र महिलाहरु स्वामी निर्गुणानन्द र उनकी शिष्य सुन्दरीसँगको सत्सङ्गका लागि आइरहन्थे ।

त्यस सानो आश्रममा साधुहरु प्रशस्त थिए । तीमध्ये एक जना पनि वीतरागी देखिँदैनथे । साधुहरुमा जसरी बडप्पन र शान्तिको भाव देखिन्छ, त्यो तिनीहरुमा थिएन । आश्रमका सबै साधुहरु निरपवाद रुपले नेपाली र त्यसमा पनि गोरखाली थिए । आफ्नो बलिष्ठ शरीरमा गेरmवस्त्र धारण गरेका उनीहरु निकै असुहाउँदा लाग्थे । स्वामी निर्गुणानन्द र उनकी शिष्याप्रति उनीहरुको अपार भक्ति थियो । जसरी उनीहरु निर्गुणानन्द र सुन्दर महिलाको सेवा र आज्ञापालनमा तत्पर रहन्थे त्यस्तो अवस्था साँचो भक्तिबिना सम्भव हुँदैन । साँच्चै भन्ने हो भने उनीहरु साधु कम र सेवक बढी प्रतीत हुन्थे ।

सम्पूर्ण निर्गुण आश्रम एउटा विशाल पाखण्ड थियो । अचम्मको कुरा त आश्रममा आउने कुनै पनि व्यक्तिले यस्तो पाखण्डतिर अलिकति पनि सङ्केत गर्दैनथे । स्वामीजीलाई सबै मानिस ‘महाराज’ भनेर सम्बोधन गर्थे । स्वामीजीभन्दा बाहेक आश्रमका सबै मानिसहरुले सुन्दरीलाई ‘सरकार’ भनेर पुकार्थे ।

समय–समयमा आश्रममा कीर्तन, कथा, सत्सङ्ग आदि चलिहन्थ्यो । जसमा बाहिरका पनि केही गिनेचुनेका मानिसहरु आउँथे । आश्रमको ठाँट देखेर जनसाधारणलाई त्यसमा छिर्ने हिम्मत हुँदैनथ्यो । केवल धन–सम्पन्न पुरmष र रुप–यौवन–सम्पन्न महिलाहरु त्यहाँ पुग्थे । पुरmषहरुप्रति स्वामीजीको व्यवहार उपेक्षापूर्ण हुन्थ्यो । सुन्दर युवतीहरुप्रति भने सुन्दरीको व्यवहार उत्साहवद्र्धक हुँदैन थियो । हुन त उनका शब्द वा आचरणलाई अमित्रतापूर्ण भन्न कठिन थियो, तर अमित्रताको यो भाव उनका आँखाहरुमा बेलाबेलामा झल्किन्थ्यो । उनी निर्गुणानन्दजीकी एक्ली चेली रहन चाहन्थिन् । कहिलेकाहीँ यसमा बाधा अनुभव हुन्थ्यो । त्यसैले सुन्दरीले केही धेरै सावधान रहनुपथ्र्यो । यस्तै अवसर ती दिनहरुमा देखिइहेको थियो ।

केही दिनदेखि एउटी बीसबाइस वर्षीय तरुणीको आश्रममा आउने–जाने व्रmम धेरै बढेको थियो । उनको नाम थियो, भुवनमोहिनी । सङ्क्षेपमा उनलाई मानिसहरु मोहिनी भनेर बोलाउँथे । बोलाउनका लागि केवल महिलाहरु र स्वामीजी महाराजले मात्रै नामको प्रयोग गर्थे । बाँकी आश्रमवासी साधुहरु बहिनी भनेरै काम चलाउँथे ।

भुवनमोहिनी सुन्दरीको तुलनामा कम रुपवती थिइन् । उनको अङ्ग–प्रत्यङ्गको विन्यास सुन्दरीको जस्तो भव्य र आकर्षक थिएन । सुन्दरीलाई त विधाताले नै निकै चाहनाका साथ गढेका थिए । उनको नाक, ओठ, आँखा, निधार, चिउँडो, सबैको बनावट निर्दोष देखिन्थ्यो । उनलाई देखेर आँखाहरु हेरेको हे¥यै हुन्थे । तर उनको आयुले तीस वर्ष पार गरिसकेको थियो । भुवनमोहिनीमा यौवनको फूल अहिले ताजै थियो । उनका आँखाहरुको चमक र गालाको रङले दर्शकलाई आफूतर्फ तान्थ्यो ।

भुवनमोहिनी बालविधवा थिइन् । त्यसैले उनको प्रवृत्ति धर्मकर्ममा धेरै थियो । घरका मानिसहरु पनि यस्ती महिलाले धर्मकर्ममै व्यस्त रहनु उचित सम्झन्थे । होइन भने यौवनको बाढीले उर्लिएर बग्दै, कस–कसको मनलाई भङ्ग गराउनेछ र आफूलाई कति मलिन गर्नेछ, के थाहा ? भुवनमोहिनी पहिले केही दिनसम्म आफ्नी सासुसँग यस आश्रममा आइरहिन् । अब केही दिनदेखि उनी समय–असमय एक्लै पनि आउन थालेकी थिइन् ।   — — — —
स्वामी निर्गुणानन्द महाराज आफ्नो आसनमा विराजमान थिए । आसन कुनै राजाको पलङझैँ थियो । काठको तख्तामा बहुमूल्य गलैँचा ओछ्याइएको थियो । झ्यालमा सुन्दर रेसमी पर्दा थियो । अगरबत्तीको धुवाँले पूरै कोठा सुवासित भइरहेको थियो । स्वामीजी तन्मय भएर कुनै पुस्तक पढिरहेका थिए । सायद गीता हुन सक्छ ।

बिस्तारै ढोका खोलेर मोहिनीले प्रवेश गरिन् । आफूलाई यसको अधिकार छ भन्ने उनलाई थाहा थियो । उनी र सुन्दरीभन्दा बाहेक कुनै व्यक्ति यस्तो समयमा पहिला अनुमति नलिई स्वामीजीको निजी कोठामा प्रवेश गर्न सक्दैनथ्यो ।
मोहिनीले नजिकै गएर स्वामीजीका चरणमा प्रणाम गरिन् र पलङनजिकै भुइँमा बसिन् । सादा सेतो लुगामा उनको अलङ्कारशून्य सौन्दर्य निकै प्रिय लागिरहेको थियो । मानौँ गाउँको दहको मैलो पानीमा कुनै एक्लो कमलको फूल फुलेको छ । ध्यान दिएर हेर्दा भने थाहा हुन्थ्यो, उनले भड्किलो लुगा लगाएकी थिइनन्, शरीरमा आभूषण र प्रसाधन पनि थिएनन्, तैपनि उनले आफूलाई सिँगार्नका लागि कम मेहनत गरेकी थिइनन् । घुमाउरा केही कपाल गालामा आइपुगेका थिए । ती स्वाभाविक थिएनन् । थाहा छैन, कति लामो प्रयासपछि यस्तो बनाएकी थिइन् ।

मोहिनीलाई प्रसाधनको चाहना धेरै थियो, तर आवश्यकता बिलकुलै थिएन । गाजलबिना पनि उनका आँखा निकै काला र चम्किला थिए । गाजलको रेखालाई बाहिरतर्फ बढाएर आँखालाई ठूलो बनाउने जसरी प्रयास गरिन्छ त्यो उनका लागि व्यर्थ हुन्थ्यो । किनकि पहिल्यैदेखि उनका आँखा ठूला थिए । त्यसभन्दा ठूला भए भने सायद उनको सुन्दरता केही घट्ने थियो । उनका ओठ प्राकृतिक रुपमै राता थिए । ओठको छालाको पातलो झिल्लीमा रगत झल्किरहेको प्रतीत हुन्थ्यो । वसन्त ऋतुमा आँपको रुखको आँख्लामा पलाउने नयाँ कोमल पात पनि त्यस्तो रातो के हुन्थ्यो होला र ! मुस्कुराएका बेलामा जब उनका ओठ खुल्थे ताजा फोरेको नरिवलझैँ सेता दाँत देखिन्थे, जसलाई देखेर चमेलीको मुना याद आउँथ्यो ।

स्वामी निर्गुणानन्दले पुस्तकबाट दृष्टि उठाए । मोहिनीको शिरमा हात राखेर आशीर्वाद दिए । आशीर्वाद दिँदै गर्दा उनको स्वर केही कम्पित भइरहेको थियो । उनको स्वरको कम्पन मोहिनीबाट लुक्न सकेन ।

केही समय दुवै चुपचाप बसे । निर्गुणानन्दको नेत्र मोहिनीको मुखमण्डलमा गडिरहेको थियो । मोहिनी भने कहिले भुइँमा र कहिले यताउता हेरेर बसिरहिन् । मौनता भङ्ग गर्दै स्वामीजीले भने, “मोहिनी हामी हिन्दुहरुको नियम र व्रत निकै कठोर छन् । जब तिमीलाई देख्छु, यी नियमहरुको कठोरताले मेरो हृदयलाई दुःख दिन थाल्छ ।”मोहिनीले आँखै नउठाइ भनिन्, “ती नियमहरुको कठोरताले नै त जीवनलाई पवित्र बनाउँछ, महाराज !”

निर्गुणनानन्दले अलिकति मुस्कुराउँदै भने, “यहीँ त भ्रम छ, मोहिनी ! कठोरता र पवित्रता एउटै होइन । तीतो औषधि पक्कै गुणकारी हुन्छ भनेर सोझा मानिसले मात्रै बुझ्थे । साँचो कुरा त जुन घोडालाई लामो लगाम लगाइन्छ त्यसले कम उफ्रिने–कुद्ने गर्छ । त्यसलाई काबुमा राख्न अति सजिलो हुन्छ । यस्तै हालत मनको घोडाको हुन्छ । व्रत, नियमका बन्धनहरु जति धेरै र कठोर हुन्छन् मन तीबाट छुट्न छटपटिइरहन्छ ।”“तैपनि महाराज, सबै मानिसले घोडा बाँधेरै राख्छन् । यदि खुल्ला दौडने छुट दिने हो भने त्यसलाई बाँधिएर बस्ने बानी नै बस्दैन । पिँजडामा बन्द गरिएको पक्षी बिस्तारै त्यसैमा बानी पर्दै जान्छ । सुरmमा केही दिन उत्ताउलो हुन्छ, पछि त्यही जीवन स्वाभाविक लाग्न थाल्छ ।”

निर्गुणानन्द मनको घोडा बाँधेर राख्ने पक्षमा थिएनन् । त्यसैका लागि मोहनीलाई तयार गरिरहेका थिए । स्वामीजी सन्यासी अवश्य भएका थिए, तैपनि उनलाई हेर्दा उनको मन–पक्षी अझै सन्यासको पिँजडामा बस्न अभ्यस्त भएको छैन भन्ने स्पष्ट हुन्थ्यो । उनी अझै अनुराग र विलासको कुञ्जमा डुब्न बेचैन थिए । अनि मोहिनी ?हुन त उनको मनलाई आफ्नो वैधव्य जीवनको कठोर चर्याको बानी भइसकेको थियो । कहिलेकाहीँ यौवनको उद्दाम तरङ्ग सबै मर्यादा नाघ्न विकल हुन्थ्यो । उनीभित्र आगो दबिएको अवस्थामा थियो, निभेको थिएन ।
स्वामीजी भन्न थाले, “त्यसदिन दशाश्वमेधघाटमा तिमीलाई देखेको थिएँ । मैले कैयौँ किसिमका धेरै रुप–लावण्यहरु देखेको छु । तिम्रो त्यसदिनको जस्तो छवि भने मैले अन्यत्र कतै कहिल्यै देखिनँ ।”
मोहिनीका गाला लाजले कानसम्म राता भए । उनी सुन्दर थिइन् । यो कुरा उनलाई पनि थाहा थियो । कैयौँ युवकहरुले लालसाले भरिएको दृष्टिले यो कुरा अनगिन्ती पटक बताएका थिए । आज निर्गुणानन्दको मुखबाट यस्तो अतिशयोक्तिपूर्ण स्तुति सुनेर उनको मन उद्वेलित भयो । मुक्तकण्ठले प्रशंसा गर्ने यी प्रशंसकलाई अब के प्रतिदान दिने ?
मोहिनीको मनोभाव निर्गुणानन्दजीबाट लुकिरहन सकेन । भने, “तिमीले लगाएको श्वेतवस्त्रबाट मैले तिम्रो अनिष्टको अनुमान लगाएको थिएँ । तिमीलाई देखेर मेरो मनमा अति सहानुभूति उत्पन्न भयो । त्यही क्षण तिम्रो दुःखमा म पनि सहयोग गर्नेछु भनी निश्चय गरेँ ।”
अचानक निर्गुणानन्दले आफ्नो दायाँ हात मोहिनीको शिरमा राखिदिए । बिस्तारै उनको कपाल सुम्सुम्याउन थाले । मोहिनी पत्थरको प्रतिमाझैँ जड बनेर बसिरहिन् । उनलाई निर्गुणानन्दका औँलाहरुबाट निस्केर विद्युतको एउटा तीव्र तरङ्ग उनको कपाल हुँदै शरीरमा प्रवेश गरिरहेको अनुभव भयो ।
निर्गुणानन्दले भने, “मनुष्यको मात्रै होइन, प्राणी मात्रको जीवनको एउटै लक्ष्य हुन्छ । दुःखबाट मुक्ति र सुखको प्राप्ति । यदि कसैले अर्को व्यक्तिको दुःख तिलको गेडाजति पनि घटाउन पाउँछ भने उसले ठूलो पुण्यको काम गर्छ । मैले तिम्रो खोजी गराएँ र यहाँ बोलाएँ …… ।”
मोहिनीले विस्मयले भरिएको आँखा उठाउँदै उनीतर्फ हेरिन् । स्वामीजी केही भुलिरहेका थिए । उनले मोहिनीलाई बोलाएका होइनन् । बरm मोहिनी आफैँ यस आश्रमको शान्त र पवित्र वातावरणको प्रशंसा सुनेर आएकी हुन् । अरुको दुःख घटाउने र सुख बढाउने सिद्धान्तको प्रतिपादन गर्ने उत्साहमा स्वामीजी आफ्ना बारेमा बढाईचढाई बताइरहेका छन् । यस्तो खालको झुटो शेखी मोहिनीलाई पटक्कै रmचेन । यो कुरा उनका ठूल्ठूला आँखाको दृष्टिले वाणीको सहायताबिनै स्पष्ट पारिदियो ।
मोहिनीको मनोभाव स्वामीजीले बुझे । उनी केही भन्नै लागेका थिए, तर के सोचेर हो मुस्कुराए मात्रै । सायद मोहिनीको कुनै भ्रम हटाउन चाहन्थे । पछि भ्रम बनिरहन दिनुमै के आपत्ति छ र भन्ने सोचे । मोहिनी सम्झन्थिन्, उनी निर्गुण आश्रमको महिमा सुनेर आफैँ श्रद्धा र भक्तिले यहाँ आएकी हुन् । तर यस आश्रमको प्रशंसा निकै यत्नपूर्वक उनकी सासु र उनको कानसम्म पु¥याइएको थियो र उनी यहाँ आइ नपुगुन्जेल निरन्तर पु¥याइरहियो ।
निर्गुणानन्दले मोहिनीलाई उठाउँदै भने, “यहाँ मेरो नजिकै आएर बस ।”मोहिनीलाई हिँड्ने शक्ति नै बाँकी नरहेको अनुभव भयो । उनी त्यही अवस्थामा बसिरहिन् । तब स्वामीजी ठाउँ सरेर उनको निकै नजिक आए । उनको हातले मोहिनीको कपालसँग व्रmीडा गरिरहेकै थियो । त्यो अब तल झरेर गाला र गर्दनसम्म आइपुग्यो ।
त्यतिखेरै एकाएक कोठाको ढोका खुल्यो । मोहिनी र निर्गुणानन्द झस्किए । उनीहरुको दृष्टि ढोकातिर गयो । ढोकाको बीचमा सुन्दरी उभिएकी थिइन् । निर्गुणानन्द त ढीठ बनेर जस्ताको तस्तै बसिरहे । मोहिनी भने गुलेलीबाट छुटेको ढुङ्गाझैँ उछिट्टिएर अलग भइन् । उनीहरु दुवैले सुन्दरीले उनीहरुलाई कुनै आक्षेपयोग्य मुद्रामा देखिनन् भन्ने माने । सुन्दरीले पनि यस्तै भाव प्रकट गरिन् ।
उनले हप्काउने पारामा भनिन्, “अरे, मोहिनी ! तिमी यहाँ ?”(भारतीय लेखक विराजद्वारा लिखित उपन्यास नेपालेश्वरबाट । मञ्जरी पब्लिकेसनले यसको नेपाली संस्करण भर्खरै बजारमा ल्याएको छ ।)

प्रतिक्रिया दिनुहोस्