Wednesday 25th of April 2018

कथा: साधु र बालक ‘साधुले उसलाई सुम्सुमाउँछन्…….’

काठमाडाैं। अविरल आगनमा खेल्दै थिए । बाटोमा एकजना साधु ‘आलोक निरन्जन, आलोक निरन्जन’ भन्दै आएको देखेर दौडेर भित्र भागे । ममी ममी जोगी आयो जोगी अब लैजान्छ है, ममी पिट्नु है भन्दै रुन लागे । बाबु जोगीले लादैनन्, उनीहरुले हामीलाई माया गर्छन् । हामीलाई आशीष दिन्छन्, घरमा शान्ति छर्न हिँडेका हुन् ।  यिनले हाम्रो घर पवित्र बनाउँछन् बाबु भनेर ममी सम्झाउनु हुन्छ । हो र ममी, ममी ममी जोगीको दारी कति लामो हुन्छ, अनि पहेँलो लुगा किन लगाउँछन् ? अविरलले सोध्छन् । बाबु जोगी अहिंसा मन पराउने, कसैलाई दुःख नदिने र प्रकृतिको नियममा चल्ने स्वभावका हुन्छन् । त्यसैले पहेलो लुगा लगाउने र दारी काट्दैनन्, ममी भन्नुहुन्छ ।

‘ममी उनीहरु किन माग्दै हिँड्छन् ?’ अविरल प्रश्न गर्छन् ।

बाबु साधुहरु भिक्षा लिने बाहाना बनाएर हाम्रो घर आउँछन् र हामीलाई प्रेम सिकाउँछन्, आशिष दिन्छन् । घरलाई पवित्र बनाएर जान्छन् ।  हामीलाई सुखी र खुसी हुने कला सिकाउँछन । त्यसैले हामी सुखी र खुसी हुन सिक्छौँ र समृद्ध हुन्छौं ।

त्यतिकैमा घरमा साधु आइपुग्छन् । आलोक निरन्जन आलोक निरन्जन, आवाज घरमा जोडले गुन्जन्छ । अविरल डराइ डराइ साधु नजिक पुग्छ तर धेरै नजिक पुग्न डराउँछ । प्यारा बाबु यहाँ आऊ भन्दै साधु मुसुक्क हाँस्छन् । विस्तारै विस्तारै पाइला चाल्दै चाल्दै साधु नगिच पुग्छ । साधुको कमन्डलु समातेर बस्छन् । साधुले उसलाई सुम्सुमाउँछन्, अविरल मुसुक्क हाँस्छन् र आफ्नोपनको महशुश गर्छन् । जोगी अंकल जोगी अंकल हजुरले हामीलाई लग्नुहुन्छ हो ?

अविरल प्रश्न गर्छन् । साधु मुसुक्क हास्दै लैजान्न बाबु भन्दछन् । अविरल लाडिँदै थप प्रश्न गछन्, हजुरको दारी किन यति लामो भएको ? साधु हाँस्दै बाबु प्यारा मरो अरूको भन्दा लामो हुन्छ । त्यसैले प्यारा मलाइ दाह्री काट्दा मन दुख्छ । त्यसैले काट्दिन प्यारा साधुले जवाफ दिए । बाबु हजुर कतिमा पढ्नुहुन्छ ? साधु प्रश्न गर्छन् ।  म क्लास थ्रीमा पढ्छु अविरल जवाफ दिन्छ । तिम्रो साथीको नाम के हो प्यारा ? साधु प्रश्न गर्छन् । मेरो साथीको नाम गणेश हो, अविरल जवाफ दिन्छ । त्यतिकैमा ममीले चामल ल्याई साधुको कमण्डलुमा हाल्नुहुन्छ । जय होस्, साधुले भने ।

त्यतिकैमा यो चामल के गर्नु हुन्छ, हजुरको घरमा को–को हुनुन्छ ? अविरलले प्रश्न गर्दछन् । साधु मुस्कुराउँदै, प्यारा बाबु म यो चामलको तिमीले जस्तै भात खान्छु । प्यारा मेरो घरमा म र मेरो भगवान छौँ, साधुले जवाफ दिए । जोगी अंकल हजुरको भगवानले खाना खानुहुन्छ ? बाबु प्यारा भगवानले खाना खानुहुन्न तर हामीले खाएको देखेर खुसी हुनुहुन्छ बाबु साधुले जवाफ दिए । भगवान कस्ता हुन्छन् कहा हुन्छन्, भगवानलाइ कसरी देख्ने, अविरलले प्रश्न गर्दछन । प्यारा बाबु भगवानलाइ देख्न सकिन्छ, भगवान हामी भीत्र हुनुहुन्छ । जब हामीले सेवा, प्रेम, र आदर गर्दछौँ त्यतिबेला हाम्रो हृदयमा बसेर हास्नुहुन्छ, अनि हामीलाई आनन्द आउछँ ।

त्यतिबेला हामी भगवानलाई महशुश गर्छाैं । प्याराले कसैलाई सहयोग गर्छौ ? साधु प्रश्न गर्छन् । सहायता कसरी गर्ने, अविरलले प्रश्न गर्छन् । प्यारा बाबु सबैभन्दा पहिलो सहायता भनेको आफ्नो सहायता अर्थात् आफ्नो सरसफाई गर्नु, आफ्नो पढ्नु हो । दोस्रो भनेको बाबा, ममी, दादा, दिदीले भनेको मान्नु हो । तेस्रो भनेको, बाहिर दुःखमा परेको मानिसलाई सेवा गर्नु हो, प्यारा । ए ए ए ए जोगी अंकल मैले आफ्नो सरसफाइ आफै गर्छु, बाबा ममीले भनेको पनि मान्छु ।

अनि मैले अस्ति बाटोमा माग्नेलाई खाजा पनि देको नि, अविरलले जवाफ दिन्छन् । स्याबास्, कति राम्रो, शुभकर्म प्यारा भनेर साधुले थपथपाउनुहुन्छ र त्यतिकैमा अबु भन्नुहुन्छ र हतपत अविरल थ्याङक्यु बाइबाई भनेर भित्र पस्छन् । साधु मुस्कुराउँदै बाइबाइ भन्दै हिँड्छन्  ।

-लब्लीप्रसाद शर्मा

प्रतिक्रिया दिनुहोस्


Shares