Wednesday 25th of April 2018

इपिएलको उपाधि विराटनगरलाई

काठमाडौं । एभरेष्ट प्रिमियर लिग(इपिएल)को उपाधि विराटनगर वारियर्सले चुमेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई १ रनले पराजित  गरेर विराटनगरले उपाधि हात पारेको हो।

अन्तिम ओभरमा भैरहवालाई ४ विकेट बाँकी रहदा ९ रन चाहिएको थियो। अन्तिम ओभरमा कसिलो बलिङको मद्दतले विराटनगरले उपाधि रक्षा गर्न सफल भयो। भैरहवालाई एक सय ५० रनको लक्ष्य दिएकोमा उसले एक सय ४८ मात्र बनाउन सफल भयो । अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रनको आवश्यक भएकोमा तीन रन मात्र जोड्न सक्यो। अन्तिम बलमा विराटनगरले रोमाञ्जत जित हात पार्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्


Shares