Wednesday 25th of April 2018

सुन्दरीजलमा पानी झरेको ६ महीनामा सबैको घर घरको धारामा मेलम्चीको पानीः तिरेशप्रसाद खत्री आयोजना निर्देशक

बहुचर्चित मेलम्चीको पानी काठमाडौं उपत्यकामा बसोबास गर्ने जनताहरुको घर घरमा ल्याउन अहोरात्र पाइप विछउने काम भइरहेको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष कामको गति अलिक कम भएको छ । मेलम्चीको पानी काठमाडौं वासिले कहिले सम्म प्रयोगमा ल्याउन सक्छन् भन्ने विषयमा अहोरात्र फिलमा नै गएर काम गर्न निर्देशन र सहयोग गर्ने आयोजना निर्देशक तिरेशप्रसाद खत्रीसँग गरिएको कुराकानी ।

काठमाडौं उपत्यकामा खानेपानी वितरणको लागी पाइप विच्छ्याउने काम भईरहेको छ । त्यो काम कति भयो, कहाँ सम्म पुग्यो, कसरी भईरहेको छ ?

काठमाडौं उपत्यका बासिलाई स्वच्छ सफा र स्वास्थ्य मेलम्ची खोलाको पानी खुवाउन हामी आतुर छौं । सोहि बमोजिम निमार्ण ब्यबसायीहरुसँग भएको पुरानो सम्झौता अनुसार उपत्यकामा पाइप लाइनको काम लगभग ९३ प्रतिशत सकिएको अवस्था हो । अव हामीले पाईप ६ सय ७० मा ६ सय ३० किलोमिटर ‘डिष्ट्रब्यूसन’ लाईन सिध्यायौं । पाईपलाईन त धेरै छैन । त्यही ४०/५० किलोमिटर हो । अब त्यो गतसालकोे रफ्तारमा ग¥यौं भने १ महीनामा सकिन्छ । तर अहीले हामीले ईमान्दारीपूर्वक भन्नुपर्दा पाईपलाईन जडानको कामलाई भन्दा अहिले सडक पुर्ननिर्माण र भल च्याम्बरहरु निमार्णमा बढी जोड दिएका छौं । त्यसपछिपाईप टेस्टीङहरु प्रेसरटेष्ट, हाईड्रोलिक टेष्ट, लिकेज टेस्ट जस्ता काममा बढी जोड दिदै आएका छौं । पाईप जडानको काममा अलिकति सुस्तता भएको छ ।

अरु कामलाई असर पर्छ भनेर कम गर्नु भएको कि के ? खास कारण भए बताइदिनुस् न ।

जति गरेपनि धुवाँ र धुलोको व्यवस्थापन गर्न सकिएन । निमार्ण ब्यबसायीले पनि निर्माणका क्रममा आएका धुवाँ धुलोलाई व्यवस्थापन गर्न नसक्दा राजधानीको वाताबरणमा समस्या जस्तो देखिएको छ । जनतालाई प्रत्यक्ष असर गर्ने हिउँदमा आउने धुलो र वर्षादमा हुने हिलोले मानिसहरुको स्वास्थ्यमा समस्या आएको छ, त्यसलाई न्युनिकारण गर्नु पहिलो काम भएका कारण पनि नयाँ पाइपलाईन जडानका कामलाई आयोजनाको पहलमा नै कम गर्दै लगिएको हो । उनिहरुमा त्यति क्षमता भएन । त्यसकारण निर्माण व्यवसायीहरुको क्षमता नभएका कारण गर्न सकेनन ।
हामीले उनीहरुलाई एक दुई ठाउमा धुलोको व्यवस्थापन गर्न लगायौ त्यो पनि प्रभावकारी हुन नसकेपछि पाइपलाईनको कामलाई कम गरेर आयोजनाको पुरा शक्ति काम भएका ठाउमा कालो पत्रे गरेर धुलोको न्युनिकारणमा लागिएको हो । र, अर्को कुरा प्राथमिकता अहिले पाईप जडान भन्दा पनि जडान गरीसकेका पाईपहरुमा लिकेज वा अन्य केहि समस्या आउछन कि भनेर परिक्षण अर्थात टेष्ट गर्नुपर्ने र समस्या देखिएका ठाउमा समस्याको निकारण गर्नुपर्ने भएको हुनाले त्यतातिर ध्यान बढि दिएका छौं ।

रिजर्व ट्याँङ्की निर्माणको काम कति सकिएको छ ? कतिबटा पानी जम्मा गर्ने ट्याँङ्की निर्माण भएका छन् बताइदिनु न ?

काठमाडौ उपत्यका रिङरोड वरीपरि निर्माण भएका रिजर्व ट्याँङ्कीहरु जम्मा ६ वटा हुन ती मध्ये ५ वटाको काम लगभग सम्पन्न भइसकेका छन् । कुनै कुनैमा फिनिसिङको काम बाँकी होला । बाँकी एउटा आरुबारीको रिजर्ब ट्याँङ्कीको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
कलंकी सिता प्रेट्रोल पम्प देखि बल्खुसम्मको सडकमा सडक विभागले अनुमति दिएर निर्माण गरिएको पाइप लाइन विछ्याई, पानीको प्रेसर टेष्ट समेत सकिएपछि चक्रपथ सडक सुधार आयोजनाले केहि ठाउमा पाइप खन्ने काम गरेको र केहि ठाउमा अबरोध खडा गरेको कुरा आएको छ ? खास कुरा के हो ?

काठमाडौं उपत्यका चक्रपथ सुधार आयोजनाले रिङ्ग रोडबाट २० भित्र जान अनुमति दिएको सत्य हो । तर, अहिले के कारणले हाम्रो पाइपलाईन भएका ठाउँमा सडक सुधार आयोजनाले पर्खाल लगाउने काम गरेको छ । पर्खाल लगाउने क्रममा पाईपमा क्षति हुन गएको छ । यस विषयमा आयोजना स्तरमै कुराकानी भइरहेको छ । केहि दिनमा समस्याको समाधान हुन्छ ।

यसको क्षति कस्ले ब्यहोर्ने के सहमति भएको छ यो विषयमा ?

सडक विभाग अन्तर्गतको चक्रपथ सुधार आयोजनासँग यस विषयमा कुरा भईरहेको छ । चक्रपथ सुधार आयोजनाका कारण क्षति भएको हुदाँ त्यहि स्तरमा क्षतिपूर्तिको कुरा हुने छ ।

कहिले सम्म मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा पुग्छ ?

मेलम्चीको पानी सुन्दरीजलमा झार्ने भनेर मेलम्ची सव परियोजनाले मार्च २८ अथवा चैत आखिरीसम्म वा आउँदो बर्षको सुरुवातमा पानी आउने योजना छ । त्यसो भयो भने मेलम्चीको पानी सुन्धरीजलमा झरेपछि उपत्यका बासिका घर घरमा पानी पु¥याउन हामिलाई ६ महिना जति लाग्छ । पानी आएपछि पाइप लाइनलाई सफा गर्ने काम हुन्छ । पहिले थोक वितरण प्रणालीको ठुला पाइप लाइनलाई सफा गर्नु पर्छ । यी विविध कामका लागि २/३ महीना लाग्छ । त्यसपछि पनि अन्य वितरण लाईनहरुलाई पनि त्यस्तै किसिमले सफा गर्नु पर्छ । फ्लस गर्नुपर्छ । त्यसलाई पनि २/३ महीना लाग्छ । त्यसैले सुन्दरीजलमा पानी झरेको दिन देखी काठमाडौं उपत्यका वासिलाई पानी वितरण गर्दा सुन्दरी जलको नजिकको धारामा पानी झरेकै दिन देखी शुरु भएर अन्तीम धारामा पानी झर्न ६ महिना सक्छ ।

सुन्दरीजलमा पानी झर्न कुनै बाधा अड्चन छ की के छ अबस्था ?

बहुचर्चित मेलम्चीको पानी काठमाडौं ल्याउन टनेलीङकोकाम मेलम्ची सव प्रोजेक्ट १ ले गरिरहेको छ । आजको दिनसम्म ५ सय ९० किलोमिटर मात्रै बाँकी छ । उहाँहरुको टार्गेट यो डिसेम्बर सम्ममा “ब्रेक थ्रु” गर्ने हो ।

घर घरमा पानी पुर्याउने काम भईसकेपछि वितरणको काम कस्ले गर्छ । यस विषयमा बताईदिनुस न ? 

सम्पन्न भईसकेपछि १ बर्ष त परिक्षण लगायतको काममा नै लाग्छ । त्यसपछि खानेपानी वितरणको केयुकेएल अपरेटर छ त्यसैले जिम्मा लिन्छ । काठमाडौं उपत्यका खानेपानी ब्यबस्थापन बोर्ड मार्फत केयुकेएलले अपरेट गर्छ ।

खानेपानीको निमार्णको काममा ढिलासुस्ती भएको कुरा त आईहाल्यो । खास यसमा कसले के गर्दा काम दु्रत होला ?

सुस्तता त हामीले ‘ईन्टेन्सन्नली’ गरेको हो । हामी अरुभन्दा पनि दु्रत गतिमै छौं । तर, सुन्दरीजलमा पानी झरेपछि हामी त्यो पानी पूर्ण रुपमा सदुपयोग गर्ने गरी काम गरीरहेका छौं । कुनै पनि तरिकाले पानी खेर जान दिंदैनौं ।

प्रेसर टेष्टको काम कति भयो ?

प्रेसर टेष्ट सेक्सन÷सेक्सन वाईज त गरिराखेका छौं । सेक्सन सेक्सनवाईज त भईराखेको छ । पुरा सिस्टम चेक गर्न त पानी चाहिन्छ । मेलम्चीको पानी विना यो सम्भव छैन । अहिले सेक्सनवाईज परिक्षण गरिराखेका छौं ।

खानेपानीको पाईप विच्छ्याउँदा जनताबाट अबरोध आइरहेको कुरा पनि छ बास्तविकता के हो ?

अवरोध भनेर पाइप विछयाउनै नदिने जसरी होइन । पाईप सानो भयो ठूलो राख्नु परो भनेर माग आउछ । हामिले त डिजाईन गरेरै राखेका हुन्छौं । जनताको माग सानो भयो ठुलो चाहिन्छ भन्ने जस्ता आउने गर्दछन । कहीं एक साईट मात्रै छ, दुबै साईट राख्न अनुरोध गर्ने गरेको पाइएको छ । पहिले ६ मिटरको साँघुरो बाटो थियो । अहिले ८ मिटर चौडा भयो त्यसकारण दुबै साईडमा पाईप राखिदिनु प¥यो भनेर आउनुहुन्छ । त्यस्तो काममा अवरोध नै भनेर त भएको छैन । विभिन्न किसिमका माग लिएर जनताहरु आउने पाएका पाएका छौं ।

धुलोको व्यवस्थापन सम्बन्धी अख्तियारले पनि चासो राखेको जस्तो देखिन्छ । कसरी धुलो ब्यबस्थापन होला त ?

हाम्रो मुलुकमा खन्ने भन्दा अन्य विकल्प र प्रविधि नआईसकेको अबस्थामा खन्नु नै पर्ने हुन्छ । जमीन मुनीबाट खनेर पाईप विच्छ्याउने प्रविधि अन्य मुलुकमा भएपनि नेपालमा त्यो प्रविधि आइसकेको छैन । हामि त्यो प्रविधि नेपालमा ल्याउन कोशिस गरिरहेका छौं । सायद त्यो प्रविधिको प्रयोग चाडै हुन्छ भन्ने विश्वास छ । खुल्ला ठाउमा खनेपछि अवश्य पनि धुवाँ धुलो आउछ नै । यसलाई ब्यबस्थापन कसरी गर्ने के गर्ने भन्ने कुरा पहिलो हो । हामिले राती काम गरेपनि दिउसो काम गरेपनि भरसक खनिएको ठाउँमा छिट्टै पुर्ने गरेका छौं । विहान गरे साँझ र राती गरे विहान पुर्ने काम भएको छ । पहिलो पु¥याईमा राम्रो हुँदैन । पुरै सेट भएको हुँदैन । त्यसपछि दोस्रोपल्ट ग्राभेल गरिने र अन्त्यमा पिचको काम गर्ने गरिन्छ । तुरुन्त कालोपत्रे गर्न सकिंदैन समय लाग्छ । पानी छर्केर केही कमगर्न सकिन्छ । अहिले त्यस्तै हिसावले ब्यबस्थापन गरिरहेका छौं । कुनै कुनै ठाउँमा वरिपरि जाली लगाएर पनि व्यवस्थापन गरिरहेका छौं । तर, त्यति गर्दा गर्दै पनि धुँलो ब्यबस्थापन हुन सकेको छैन । चाँडो भन्दा चाँडो काम सम्पन्न गरेर कालोपत्रे गर्नु नै उत्तम विकल्प छ ।

हामीसँग २ वटा चुनौती छन् । काम गर्नैपर्ने र काम गर्दा निस्कने हिलो र धुलोको समस्या देखियो । यी दुईवटा चुनौतिलाई कसरी ब्यबस्थापन गरेर जार्दै हुनु हुन्छ ?

काम त गर्नै पर्छ । अरु विकल्प भएन । बाटोमै पाईप राख्नु पर्ने छ । यदी खुला ठाउँ भएको ठाउँमा त हामीले खुला ठाउँ पनि प्रयोग गरेका छौं । सिंहदरबार, पशुपति क्षेत्रलगायतका ठाउँमा त गरेका छौं । अन्य विकल्प नभएका ठाउँमा त बाटै खन्नुपर्ने भयो । अन्य विकल्प भएन । धुवाँ धुलो प्रदुशणलाई कति ब्यबस्थापन गर्न सकिन्छ त्यसमा हामी लागिरहेका छौं ।

नयाँ मेकानिजम पनि आउने कुरा आईरहेको थियो त्यो के हो ?

त्यो टनेलिङ गर्ने जस्तो अर्थात बाटो नखनिकन भित्र भित्रै काम गर्ने सिस्टम हो । नेपालमा त भित्रीसकेको छैन, हामी केही ठाउँमा निमार्ण व्यवसायीलाई भनेर त्यो प्रविधि ल्याउने र प्रयोग गर्ने तयारी गरिरहेका छौं ।

त्यो प्रविधिबाट कहीले सम्म काम होला ?

अरु भन्दापनि चावहिल गौशालाको जुन पुरानो कमजोर पाईपहरु छन त्यस कारणपनि त्यहाँ लिकेज भईरहेको छ । त्यहाँ सडक पनि समयमा मर्मत हुन नसकेको त्यहि लिकेजको कारणले गर्दा हो । त्यहाँ सडक विभागल कालोपत्रे पनि गरेको छैन । बंगलादेशी एउटा टिमले चावाहील साईडमा के गर्न सकिन्छ भनेर हेर्न आईराखेको छ । सकिन्छ भने हामी १/२ महिना भित्रै नयाँ प्रविधिलाई प्रयोगमा ल्याएर हेर्ने प्रक्रिया अगाडि बढि सकेको छ ।

खन्दै जाँदा विद्युतको लाईनको हाई भोल्टेज तारमा टच हुने क्षतिहुने डर कति छ ? यसमा के गरि काम गर्दै हुनु हुन्छ ?

यो अव्यवस्थीत प्लानीङ भएको शहर हो । यहाँ कस्तो अबस्था छ थाहा छैन । विद्युतलाई आफ्नोे तार कहाँ छ भन्ने पनि थाहा छैन । नक्साङ्कनपनि छैन, रेखाङ्कन पनि छैन । ढलको पनि कहाँ केछ अथवा टेली कम्युनिकेशनको तारहरुमा के कस्तो छ खानेपानीकै लाईन पनि के कस्तो छ भन्ने कुरा ग्राफिक वा कुनै नक्सा उपलब्ध नभएको अबस्थामा खन्दै जाँदा जे जस्तो आउछ । यदि क्षति भयो भने त्यसलाई रिपेयर गर्ने र अगाडी बढ्ने हामिसँग चुनौति छन् ।

खानेपानी, विद्युत र टेलिकमसँगको समन्वयको अवस्था के छ ?

समन्वय त छ तर खाली हेरेर मात्रै भएन । त्यो त अन्डरग्राउण्डको भयो । उहाँहरुसँग डाटानै भएन । कहाँ पाईपलाईन छ कहाँ तारहरु छ भन्ने भएन । त्यो भयो भने सजिलो हुन्थ्यो । उहाँले कोडिनेट दिएर यहाँ यहाँ छ यताबाट जाउ भन्ने हुन्थ्यो । मान्छेहरु त खन्ने बेला त हामीले बोलाउँछौं । उहाँहरु उपस्थित पनि हुनुहुन्छ । र उहाँहरुलाई पनि एकीन हुँदैन त्यसमा । दुर्घटना त भएको छैन लक्कीले तर कहीलेकाँही हाई भोल्टेज तारहरु पनि देखिएका छन ।

उसो भए हामीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्ने तयारी गर्दै छौं ?

अव आउँछ । सुन्दरीजलमा झरेको ६ महीनाभित्र सबैको घरघरमा मेलम्चीको पानी आउँछ ।

 

उसो भए हामीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्ने तयारी गर्दै छौं ?

अव आउँछ । सुन्दरीजलमा झरेको ६ महीनाभित्र सबैको घरघरमा मेलम्चीको पानी आउँछ ।

वेष्ट वाटर्स सम्बन्धी के के काम भइरहेको छ ?

गुहेश्वरीमा फोहोर पानी प्रसोधन केन्द्र बन्दै छ । सुन्दरीघाट, कोड्कु र सल्लाघारीमा पनि बन्दै छ । यो डिवियो कन्ट्याक अनुसार भएको हुनाले गुहेश्वरीको डिजाईन पुरा भएर निमार्ण चरणमा प्रबेश गरिसक्यो । अरुको डिजाईन चरणमै छन् ।
मेलम्चीको पानी सुन्दरजलको रिजर्ब ट्याँङ्कीमा झरेको ६ महिनामा सबै उपत्यका वासिहरुको धारामा पानी आउछ । सुन्दरीजलमा पानी आएको दिन देखि विछ्याईएका पाइपमा पानी छाडे पनि जनतालाई स्वास्थ्य र शुद्ध पानी खुवाउन केहि समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्


Shares