Wednesday 25th of April 2018

साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपः अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं । बंगलादेशमा जारी साफ अन्डर फिप्टीन महिला फुटबल च्याम्पियसिपको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्दैछ ।

पहिलो खेलमा आयोजक बंगलादेश र दोस्रो खेलमा भारतसँग पराजित भएको नेपालले च्याम्पियसिपको अन्तिम खेलमा बिहीबार भुटानसँग खेल्न लागेको हो ।

अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार सवा २ बजे खेल्ने छ ।

दुवै टोलि प्रतियोगिताबाट बाहिरीसकेको हुनाले आजको खेल दुवैको लागि प्रतिष्ठाको लडाईमात्र हुनेछ । तर, आज दुवै टोलि पहिलो जितको खोजीमा हुनेछन । च्याम्पियनसिपमा नेपाल र भुटानले समूह चरणका दुवै खेलमा पराजित भएका छन् ।

च्याम्पियनसिपमा पहिलो खेलमा नेपाल बंगलादेशसँग ६–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा भुटान तेस्रो स्थानमा छ ।

भुटान पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा पनि बंगलादेशसँग ३–० ले नै पराजित भएको थियो । राउण्ड रोविन लिगको आधारमा जारि च्याम्पियनसिपमा पुस ९ गते उपाधिलागि आयोजक बंगलादेश र भारत भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्


Shares