Wednesday 25th of April 2018

भिआइपीहरुले को कहाँबाट मतदान गरे (फोटो फिचर)

काठमाडौं । आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा। शेखर कोइराला र लालबाबु पण्डित (बिराटनगर) मन्त्री सुनीलबहादुर थापा (धनकुटा) र माओवादी नेता गिरिराजमणि पोखरेल (महोत्तरी)ले बिहानै मतदान गरिसकेका छन् । एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र अन्य साना दलका नेताहरुले मतदान गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्


Shares