Saturday 26th of May 2018

दरबारमार्गको ४ ब्राण्डेड पसलमा बढी मुल्य लिएको भन्दै शिलबन्दी

काठमाडौं  । सरोकारवालाको अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित चारवटा ब्राण्डेड पसलमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको छ ।

आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागको संयुक्त अनुगमन टोलीले पुमा, नाइके, बिन्टले र स्टोर वानमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको हो ।

अधिकांशले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको अनुगमन टोलीका सदस्यहरुले जानकारी दिएका छन् । उच्च मुनाफा राखी कालोबजारी गरेको आरोपमा ती पसलहरुमा शिलबन्दी गरेको जनाएको टोलीले जनाएको छ ।

अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको भेटिएपछि शिलबन्दी गरिएको पसलका व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्


Shares