Saturday 26th of May 2018

नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाएका हुन् ।

दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवालाई भेटघाट गरेको थियो ।

सो क्रममा नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गर्नका लागि नवलपुर क्षेत्रका सांसद र जिल्ला नेताको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
टोलीले नवलपुर क्षेत्रका बारेमा सबै जानकारी गराएपछि प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न आफूले पहल गर्ने आश्वासन दिएको टोलीमा सहभागी नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले जानकारी दिए ।

Shares