Wednesday 25th of April 2018

काठमाडौं उपत्यकामा स्वच्छ र शुद्ध खानेपानी यसै वर्षमा हामि खुवाउन सक्छौं:- सञ्जिव विक्रम राणा

खानेपानीका विषयमा विज्ञता हासिल गरेका कार्यक्षेत्रमा कर्मठ युवा इन्जिनियर संजिवविक्रम राणाको कुशल व्यवस्थापनमा उपत्यका वासिलाई पानीको सहज आपुर्ति गर्ने काम द्रुतगतिमा अगाडि बढीरहेको छ । तत्कालीन खानेपानी संस्थान, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, काठमाडौ उपत्यका खानेपानी आयोजना कार्यन्वयन निर्देशनालय हुर्दै खुल्लाप्रतिस्पर्धाका आधारमा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको कार्यकारी निर्देशक हुनु भएका संजिबविक्रम राणा एक कुशल व्यवस्थापक हुनु हुन्छ । उहाँले खानेपानीका क्षेत्रमा पिएचडि समेत गरिसक्नु भएका अनुभवि इन्जिनिएर समेत हुनु हुन्छ । उहाँले काठमाडौ उपत्यकावासिलाई खानेपानी शुलभ र सरल तरिकाबाट कसरी खुवाउन सकिन्छ भनेर अहोरात्र कार्यक्षेत्रमा खटिरहनु भएको छ । उहाँको निर्देशनमा टैकर व्यवसायीहरुलाई व्यवस्थीत गर्दै निर्देशिका समेत जारि गरेर लागु गरिसक्नु भएका छ । उहाँसंग नेपानी जनताले विषेश कुराकानी गरेको छः

उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन हुनुको मुख्य कारण चाँहि के होला ?

खानेपानी व्यवस्थापन बोर्ड गठन हुनु भन्दा अगाडी काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने सम्बन्धीत काम नेपाल खानेपानी संस्थानले गर्दै आएको थियो । संस्थानले उपलब्ध गराउदै आएको सेवाको स्थिति र संस्थानमा रहेको एक प्रकारको कानुनी व्यवस्था थियो, सो हटाउनका निम्ति नेपाल सरकारले एउटा रणनीति अबलम्बन ग¥यो ।

पहिलो काम स्वच्छ र सफा खानेपानी वितरण गर्ने र दोस्रो खानेपानी तथा ढल निकासको व्यवस्था गर्ने । सोही अनुरुप खानेपानी सम्बन्धी संरचनाको मेलाम्ची खानेपानी आयोजना संचालन गर्ने र खानेपानी संस्थानको काठमाडौ उपत्यका भित्रको संरचनामा गएर तीन वटा संरचना बनाउने नेपाल सरकारको रणनिति थियो । त्यहि रणनिति अनुसार, तीन बटा संरचना मध्ये काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र महशुल निर्धारणको लागि खानेपानी महशुल निर्धारण आयोग गठन भयो ।

सो अनुरुप एकप्रकारले लगानीकर्ता र खानेपानी सम्बन्धी जति पनि निर्माणधीन संरचनाहरु छन्, ती सबै बोर्डमा हस्तान्तरण हुने, बोर्डले सेवाप्रदायकका रुपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई तीसवर्षे करार (लिज) मा उपत्यकामा खानेपानी वितरण गर्ने जिम्मेवारी दिने र महशुल निर्धारण आयोगले महशुल निर्धारण गर्ने । अर्को हिसावले हेर्न हो भने, यी तीनैवटा स्वयात्त संस्थाले आ–आफनो जिम्मेवारीका कामहरु गर्न एक अर्कासँग समन्वय गरेर काम गर्ने गरि गठन भएका हुन । यो बोर्डले लगानीकर्ता भै सकेपछि आफ्ना सेवा प्रदायकलाई दिएको सेवा र कामको स्तर कस्तो छ, भनेर अवलोकन र अनुगमन गर्ने यसको मुख्य कार्य हो ।

त्यस बाहेक बोर्डलाई विशेष अर्को दूई जिम्मेवारी दिईएको छ । जसमा, भूमिगत पानीको व्यवस्थापन र वर्षातको पानी संकलन, भण्डारण तथा पुर्नभरण कार्य पर्दछन् । केयुकेएलले गरेको कार्यहरुलाई नियमित रुपमा अनुगमन गर्ने कार्य गर्नुका साथैं भूमिगत जलस्रोतअन्र्तगत अनुमति पत्र वितरणगर्ने काम, काठमाडौं उपत्यकाको भूमिगत जलस्रोतको व्यवस्थापन गर्ने र यसलाई सहयोग पु¥याउनका लागि वर्षातको पानी संकलन गरेर पुनर्भरण गर्ने कार्य पनि यस बोर्डले मुख्य रुपमा गर्दै आएको छ ।

बोर्डको जिम्मेवारीहरु के के हुन ?

मुख्य जिम्मेवारी भनेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दिने सेवाको अनुगमन हो । तर यसमा बोर्ड सन्तृष्ट छैन, किनभने केयुकेएलबाट वितरित सेवा त्यति गुणस्तरीय छैंन । हुनत एक किसिमको बाध्यता पनि छ, केयुकेएलमा । सन् २००६ मा नै मेलाम्ची आयोजना सम्पन्न हुन्छ भन्ने, लक्ष्य राखेर कामहरु अघि बढाएको थियो । तर, त्यो सम्पन्न नभएको अवस्था छ । जे अपेक्ष हामीले गरेका थियौं यो अवस्थासम्ममा आयोजना पुरा हुनुपर्ने हो । त्यो पुरा नभएपछि पानी उपलब्ध हुन सकेन । यसले गर्दा सेवामा समस्या आयो । त्यो बाहेक अर्कोमा भूमिगत स्रोतको उपयोग गर्ने गरेका छौं । यदि रिसर्च सफल भयो भने काठमाडौं उपत्यकाको खानेपानीमा टेवा दिनसक्ने अवस्था हुन्छ । जस्तै–काठमाडौं उपत्यकाको डिप ट्युबवेलको भूमिगत सतहको पानीमा अधिकतम मात्रामा एमोनिया रहेको छ । जुन अहिलेको अवस्थामा हटाउन समस्या छ । यो अभियानमा ग्लष्खभचकष्तथ या थ्बmबलबकजष्, व्बउबल जस्ता अन्य एक दूई वटा सरोकारवालाहरुसँग मिलेर अनुसन्धान गरिरहेका छौं । यो सफल भयो भने आइरन र एमोनियाले गरी भूमिगत पानीमा रहेको समस्यालाई पूर्णरुपमा खानेपानी शुद्धिकरण गरेर कम लागतमानै वितरण गर्न सकिने अवस्था हुन्छ ।
बोर्डले हालसम्म के कस्ता काम गरेको छ ?

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड आफैले पुजिँगत खर्चको कार्यहरु गदैन् । यसले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिडटेड र आयोजना कार्यन्वयन निर्देशनालय मार्फत ती कार्यहरु गर्ने गरेको छ । यसै सिलसिलामामा भुमिगत स्रोतको बृद्धिका लागि सन् २०१६ सम्म ४० वटा ट्युबवेलहरु बनाइसक्नु पर्नेछ । कतिपय बनिसकेका छन् भने केही निमार्णधीन अवस्थामा छन् । निर्धारित समयसम्म यो काम पुरा हुन्छ । त्यो बाहेक लक्ष्यअनुरुप मेलाम्ची खानेपानी आयोजना अन्र्तगत काठमाडौं उपत्यका क्षेत्र भित्रका काम पनि धमाधम भैरहेको छ ।

अर्को उपलब्धी भनेको पहिला भूमिगत स्रोतको पानीमा कुनै किसिमको अनुमतिपत्र लिनुपर्ने अवस्था थिएन् । अहिले बोर्डले करिब ४१४ वटा जति अनुमतिपत्र प्रदान गरेको छ । यस आ.वा।को अन्त्यसम्म ६ सयवटा टृयुबवेलहरुलाई अनुमतिपत्र प्रदान गर्ने लक्ष्य छ । यस बोर्डको अनुमानमा काठमाडौं उपत्यकाभरि करिब १ हजार वटा टृयुबवेलहरु छन । ती मध्ये यो बर्षमा ६ सय र त्यसपछिका बर्षमा अन्यलाई समेत कानुनी दायरमा ल्याउने लक्ष्य छ । अपेक्षागरे अनुरुपको काम बोर्डले गर्न सकेको छैन । तापनि आफनो जिम्मेवारी पुरा गर्न बोर्ड निरन्तर लागिपरेको छ । साथै वोर्डले उपत्यका वासिहरुलाई खानेपानीको माग पुरा गराउन टैकरको पानीलाई पनि गुणस्तरको मापदण्डमा ल्याउन र टैकर व्यवसायीलाई जिम्मेवार बनाउदै सरकारी संयन्त्रमा ल्याउने काम शुरु भएका छन् । टैकर व्यवसायीहरुलाई स्टीकर वितरणको काम भइरहेको छ । अब टैकरको पानीमा पनि शुद्धता ल्याउदै जनतालाई सचेत बनाउने काम भएका छन् ।

काठमाडौंका कतिपय स्थानका टृयुबवेलमा पानी नआएको अवस्था पनि छ, त्यसलाई के गर्नुहुन्छ ?

ट्युबवेललाई स्यालो ट्युबवेल र डिप ट्युबवेल गरी दूई किसिमले हेर्नुपर्ने हुन्छ । स्यालो ट्युबवेलबाट प्रयोग गरिने पानी माथिल्लो तहको पानी हो । जुन सतहको पानी हामीले अधिकतम घरयासी प्रयोजनका लागी प्रयोग गछौं । यो पानी छिटै पुर्नभरण हुने र सुक्ने पनि हुन्छ । यसलाई सहयोग पुगोस भनेर वर्षातको पानी संकलनको अवधारण ल्याइएको हो । यो जमिनमुनी धैरै गहिरो रुपमा नगैकन प्राप्त सतहको पानी हो । यसलाई वर्षातको पानी संकलन गरेर पुनर्भरण गरेको खण्डमा यस प्रकारको पानीको सतह माथी आउने सम्भावना रहन्छ । बोर्डले गरेको अनुसन्धानले पनि यहि देखाएको छ । तसर्थ नयाँ मापदण्ड अनुसार घर बनाउँदा केही प्रतिशत भूभाग छोड्नुपर्ने नियम कडाईका साथ लागु गर्नुपर्दछ ।

यसलाई मेलम्ची खानेपानी आयोजनाको विकल्पमा लिएको हो ?

त्यस्तो होईन, हामीले ट्युबवेललाई घरयासी प्रयोजनको रुपमा मात्र प्रयोग गर्ने हो । यद्यपि, मेलाम्चीको पानीको विकल्प त यस बोर्डले खोज्नै पर्दछ । किनकी पहिलो चरणमा मेलाम्ची आयोजनाबाट ७ करोड लिटर मात्र पानी आउँछ । यो पानी पर्याप्त हुदैन । सो अवस्थामा पनि निश्चित समयमा मात्रै पानी वितरण गर्नुपर्ने हुन्छ । त्यो बाहेक याङ्ग्री र लार्के खोलाको पानीको लागि काम शूरु भइसकेको अवस्था छ । यसबाहेक विनासकारी भुकम्पबाट सिकेको पाठ यो हो की हामी एउटै श्रोतमा भरपर्नु राम्रो हुदैन । त्यसकारण मेलाम्चीको पानी आएतापनि त्यसको विकल्पको रुपमा दूई चार वटा कार्यक्रमहरु गर्ने कार्य अगाडी बढाएका छौं । पहिलो कुरा त हालको संरचनामा रहेका स्रोतहरुलाई मेलाम्ची आएपश्चात पनि संचालन गर्न सकिने अवस्थामा राखिनु पर्दछ । दोस्रो अन्य मझौंला खालका आयोजनाहरुमा पनि कार्यहरु अघि बढाउनुपर्दछ । उदाहरणको लागी महादेव खोलामा काम अघि बढेको छ । ठोस्ने, सिस्नेरी जस्ता मध्यमकालीन आयोजनाहरुको सम्भाव्यता अध्ययान भै काम अगाडी बढेका छन ।

के यी आयोजना बनेपछि केयुकेएललाई हस्तान्तरण गरिन्छ ?

अहिलेसम्मको स्थितिमा जसरी केयुकेएल संञ्चालन भएको छ , त्यो स्थितिमा मेलाम्ची आयोजना सम्पन्न भईसकेपछि केयुकेएल मार्फत सेवा संञ्चालन गर्न सक्ने अवस्था छैन । मेलाम्ची आयोजना सम्पन्न हुँदासम्म यदि केयुकेएलले आफुलाई सुधार गर्न र क्षमता बृद्धि गर्न सकेन भने हामीले नीजि संञ्चालक खोज्नुपर्ने बाध्यता हुन्छ । त्यो काम गर्न कानुनी रुपमा हामीलाई कुनै वाधा व्यावधान छैन ।

केयुकेएलले दिने सेवा राम्रो भएन भने बोर्डले के गर्छ ?

त्यस्तो अवस्थामा केयुकेएलले सेवाको गुस्तरमा सुधार गर्नुपर्छ । यदि केयुकेएलले आफनो सेवा सुविधामा गणुस्तरीय सुधार गर्न सकेन भने हामीले अर्को सञ्चालक खोज्न वाध्यता हुनु पर्छ ।

काठमाडौं उपत्यकावासीले झेल्दै आएको खानेपानीको समस्या कहिले समाधान होला ?

याङ्ग्री र लार्केबाट काठमाडौंमा ३४ करोड लिटरसम्म स्वच्छ गुणस्तरीय पानी उत्पादन हुन सक्छ र त्यतिबेलाको जनसंख्यालाई समेत ध्यानमा राखेर हिसाब गर्दा पनि अबको चौध बर्ष भित्र अर्थात सन् २०३० सम्ममा चौबिसै घण्टा पानी वितरण गर्ने अवस्था हुन्छ ।

बोर्डको लक्ष्य प्राप्तिका लागी सरकारी नीति नियमले वाधा व्यवधान खडा गर्छ की ?

हामीले जुन आधारमा काम गरिरहेका छौं, त्यो खानेपानी व्यावस्थापन बोर्डको ऐन नीतिअनुरुप नै भएको छ । यसले खानेपानी व्यावस्थापन बोर्डलाई धेरै जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुरुप कानुनी रुपमा दिइनुपर्ने अधिकारहरु दिएको छैन् । विद्यामान परिस्थितिलाई हेरेर ऐन परिमार्जन गर्नुपर्ने र अडचन फुकाउनु पर्ने अवस्था छ ।

बोर्डले के कस्ता समस्याहरुको सामना गर्नु परेको छ ?

बोर्ड अन्र्तगत केयुकेएल र पिआइडी छन् । जे जति समस्या त्यहाँ छन । ती सबै यस बोर्डका समस्या हुन । यी बाहेक हामीले भोग्नु परेको समस्या भनेको जग्गा संरक्षणमा देखिएका केही कानुनी समस्याहरु छन । कतिपय निराकरण गदैं गएका पनि छौं ।

बोर्डको कार्यकारी निर्देशकको हैसियतले आम सर्वसाधारणलाई के भन्न चाहानुहुन्छ ?

काठमाडौं उपत्यकामा भरपर्दो र सुलभ खानेपानी तथा ढल निकासको व्यवस्थाको लागि यो संस्था गठन र संचालन भएको हो । नेपाल सरकार र एसियाली विकास बैंकको पनि सहयोगमा विभिन्न कार्यहरु भैरहेका छन् । यो कार्यक्रमको समाप्ति पछि खानेपानीको हकमा मेलाम्ची र दोस्रो चरणमा याङ्ग्री र लार्के रहेको छ भने ढल निकास व्यवस्थापनको काम भैसके पछि काठमाडौंमा खानेपानी र ढल व्यवस्थापनको समस्या समाधान हुन्छ । त्यसैले सम्बन्धित सबै सरोकारवाला पक्षबाट सहयोगको अपेक्षा गर्दछु ।

यो हेर्नु होला ? खानेपानी व्यवस्थापन वोर्डका गतिविधि सहितको सूचना ?

Shares