IME Remit

अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने

काठमाडौं, २४ बैशाख । अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने भएको छ । आगामी जेठ १८ देखि २१ (जुन १—४) गतेसम्म चल्ने यस हिमालयन ट्राभल मार्टमा संसारभरीबाट करीब २ सय ५० जनाको सहभागिता जनाउने बताइएको छ ।

त्यसमा टुरर्स अपरेटर,ट्रेकिङ अपरेटर, राङ्खिटङ अपरेटर,होटल,एयरलाइन्स लगायत पर्यटनस“ग सरोकार राख्ने संस्थाहरुले ब्यपारिक साझेदारीका बारेमा छलफल गरिने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । यस हिमालयन ट्राभल मार्ट सम्मेलनमा बिश्व बजारमा पर्यटनको ब्यापार,पबद्र्घन,प्रोडक्ट, ब्राण्डिङ,यातायातको बारे बिज्ञहरुले अनुभब तथा बिश्वबजारको ट्रेण्डलाई पस्कने छन् । स्वदेशी तथा बिदेशी बिज्ञ बक्ताले नया“ ढंगको बजारीकरण र पर्यटन उत्पादनको ब्यपारीकरणलाई कसरी बिश्व बजारमा नेपालले उत्कृष्ट गर्न सक्छ भन्ने बहस हुन्छ, पाण्डेले भने । नेपाल हिमालयको प्रबेशद्घार हो र साहसिकहरुको थलो पनि । यस हिमालयन मार्टमा अन्तर्राष्ट्रिय ब्लगर र मेडियाको सम्मेलन पनि हुने आयोजकले जानकारी दिए । नेपालमा पहिलो पटक ब्लगरहरुको सम्मेल हुन गइरहेकाले,हिमालयन ट्राभल मार्टको आर्कषण बढ्ने बताइएको छ । यस मार्टमा बिश्वभरीका ५० देशका बिक्रेता र ५० देशबाट क्रेताहरुले सहभागिता जनाउने भएका छन् । ५० उत्कृष्ट क्रेतालाई बीटुबीमा संलग्न गराइने र अन्यलाई आमन्त्रित क्रेताका रुपमा समाबेश गराइने भएको छ । नेपालले दुई बर्ष अघि गएको बिनासकारी भूकम्पपछि पर्यटन आफनै लयमा फर्कदै छ भन्ने बिश्वभरी सन्देश दिनलाई यस अन्तर्राष्ट्रिय हिमालयन मार्टले दिन पाटाका अध्यक्ष सुमन पाण्डेले बताए ।अन्तर्राष्ट्रियस्तरको पर्यटनको इभेण्ट नेपालमा हुनु देशकै गौरब बढाउने बताए । प्याशिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको हिमालयन ट्राभल मार्टको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन् मन्त्रालयले प्रमुख सहकार्य गरेको छ । त्यसै गरी नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, टान,नेपाल पर्बतारोहण संघ, नेपाल होटल संघ, नाटा ,नाटो लगायतका पर्यटन सम्बद्घ संघ, संस्थाको सहयोग र सहभागिता रहको छ । अफिसियल होटल, सोल्टी रहको छ भने एयर इण्डिया, थाइ एयर, टर्किस एयसलाइन्स, इथोपिया एयरलाइन्स, ङ्खलाई दुबई लगायतले यस सम्मेलनमा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्