Wednesday 25th of April 2018

प्रदेश नं. १

सुनसरी । सुनसरीको धरानस्थित इन्जिनियरिङ क्याम्पसका दुइ विद्यार्थीमाथि छुरा प्रहार गर्ने समूहलाई पक्राउ गर्नेक्रममा प्रहरीले मंगलबार दिउँसो फायरिङ गरेको छ । प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि गएराति छुरा प्रहार गरि फरार रहेकाहरुलाई…

काँकडभिट्टा । वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उनको परिवारले घरबाट निकालेको हो । उनलाई श्रीमान…

विराटनगर । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार गरिएको छ । विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमाथि बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।…

विराटनगर । शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई बुधबार मुख्यमन्त्रीको नियुक्तिको पत्र दिए । योसँगै प्रदेश १ मा मन्त्रिपरिषद गठनको लागि बाटो खुलेको छ।

उर्लाबारी, मोरङ । मोरङको धनपालथान गाउँपालिका–६ स्थित रंगेली– विराटनगर सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट आज बेलुका एक युवकको मृत्यु भएको छ ।

मृत्युहुनेमा सुनवर्षी नगरपालिका घर भएका १९ वर्षीय मनिष सुवेदी रहेका छन् ।…

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…

काठमाडौँ । सामूहिक बलात्कारका आरोपीहरुलाई प्रहरी कार्यालयभित्रै गुपुचप उन्मुक्क्ती दिन सहयोगिको भुमिका निभाउने एसपी विद्यानन्द माझी र ईन्स्पेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एसपी माझी र ईन्स्पेक्टर दाहालको निलम्बन गर्न गृह…

काठमाडौं । प्रदेशसभा सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश…